धरानः लोकतान्त्रिक बाम गठबन्धन सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
शुक्रबार धरानमा गठबन्धनले प्रतिबद्धता पत्र सार्वजिनक गरेको हो । प्रतिबद्धता पत्रमा धेरै कुरा यस क्षेत्रको विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन, खानेपानीलगायत भौतिक पूर्वाधारलाई प्राथमिकतामा रखेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिधिसभा सुनसरी–१ बाट माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा (मुकेश), सुनसरी क्षेत्र नं. १ (१) नेपाली काङ्ग्रेसका उमेश थापा र सुनसरी क्षेत्र नं. १(२) बाट एकीकृत समाजवादीका रेवती रमण राई चुनावी प्रतिस्पर्धामा छन् । उनीह?ले प्रतिबद्धतापत्रमा १ नं. प्रदेशको नामाकरणलाई प्राथमिकता दिएका छन् । प्रतिबद्धता पत्रमा ‘ऐतिहासिक पृष्ठभुमी र सभ्यतासँग सम्बन्धित पहिचानका आधारमा’ प्रदेश १ को नामाङ्कन गर्ने उल्लेख गरेका छन् ।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा गठबन्धनका सुनसरी–१ (२) का उम्मेदवार रेवतीरमण राईले जनभावना अनुसार पहिचानकै आधारमा प्रदेशका नामाकरण गरिने बताए । सुनसरी १ (१) का उम्मेदवार उमेश थापाले आफू निर्वाचित भए छाता चोकमा नगर अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले गठबन्धनका उम्मेदवार निर्वाचित भएमा पहिचानको आधारमा प्रदेशको नामाकरण गर्ने बताए । प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार मुक्सामहाङ सुब्बाले संविधानको रक्षाका लागि गठबन्धन भएको बताए । उनले १ नं. प्रदेशको नाम ननहुनुमा केन्द्रिय नेतृत्व र हस्तक्षेप पनि जिम्मेवार रहको बताए ।