इटहरीः सुनसरी क्षेत्र नम्बर २ ‘क’ का लागि प्रदेशसभाका उम्मेदवार द्धारिकलाल चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा नै नहुने दावी गरेका छन् । 

मंगलबार प्रदेश पोर्टलसँगको कुराकानीका क्रममा बोल्दै चौधरीले राजनितिमात्रै नभएर प्रशासनको अनुभव पनि भएकाले पनि सुनसरीका जनताले आफुलाई मत दिने दावी गरे । आफ्नो उम्मेदवारी व्यक्तिगत रुपमा भन्दा पनि लोकतान्त्रिक बाम गठबन्धन आजको आवश्यकता रहेको र सोही गठबन्धनको आडमा नेकपा माओवादी केन्द्र मार्पmत आफ्नो उम्मेदवारी आएको चौधरीले स्वीकार गरेका छन् । 

‘मेरो उम्मेदवारी भन्दा पनि लोकतान्त्रिक बाम गठबन्धन आजको आवश्यकता हो । जिन्दगीको लामो समयदेखि म नेकपा एमालेको सदस्य थिएँ । म इटहरीमा गाँभिएको ठुलो हासँपोसा गाविसको २ कार्यकाल अध्यक्ष रहेर काम गरेँ । साथै इटहरी उपमहानगर भइसकेपछि पनि मेयर बनेर सेवागर्ने अवसर पाँए । सिमित साधन र स्रोतका बाबजुत मेरो कार्यकालमा राम्रा कामहरु भएका छन्, भ्रष्ट्राचार मुक्त प्रशासन देखि लिएर पेपरलेस प्रशासन चलाउन पनि मेरो भुमिका रह्यो । सामाजिक क्षेत्रमा पनि काम गरेको छु । द्धारिकलाल चौधरीले कम्तीमा बैमानी चाँही गर्दैन भन्ने छ । ’ चौधरीले सुनाए । 

312548689_561777679045401_5849311871269729493_n

नेकपा एमालेको लामो राजनितिबाट आएका चौधरीले आफु कहिल्यै पनि आफ्नो आवश्यकताको लागि चुनावमा नआएको दावी गरे । मेयरमा पाँच बर्षे कार्यकाल सक्नासाथ माओवादी केन्द्रमा प्रवेश गरेर भएपनि चुनावी मैदानमा होमिनु भयो नि ? भन्ने प्रश्नमा चौधरी भन्छन् ‘म कहिल्यै पनि आफ्नो लागि र सत्ताको लागि चुनावमा होमिएको छैन । अघिल्लो स्थानीय निर्वाचनमा पनि पार्टीले स्थानीय निर्वाचनमा तपाईको आवश्यकता छ भनेर भनेपछि चुनावमा होमिएर जितेको हो । अहिले पनि मलाई नेकपा एमालेले टिकट दिने भएको थियो जानी जानी हार्ने लडाई किन लड्नु भनेर मैले नै इन्कार गरेको हुँ । यसपालीको निर्वाचनमा नेकपा एमालेले देशैभरी धुलो चाट्ने अवस्था आउँछ ।’  चौधरीले जवाफ दिए । 

नेकपा एमालेमा एकलौटी तन्त्र र पतनको बाटोतर्फ अगाडि बढेका कारणले पनि आफुले नेकपा एमाले परित्याग गरेको उनको भनाई छ ।  ‘पाँचौँ महाधिवेसन देखि दशौँसम्म लगातार नेकपा एमालेको साक्षी छु । आठौँ , नवौँ र दशौँमा प्रत्यक्ष सहभागी भएर महाधिवेशन प्रतिनिधिको रुपमा रहेको थिएँ । पार्टीका सबै घटनाक्रमलाई नियाल्दा केपी ओलीले पार्टीलाई गोजीबाट चलाउन थाल्नु भयो । २ पटकसम्म संविधानले बर्जित गरेको जनताको सर्वोचता कायम रहेको प्रतिनिधि सभा विघटन गरियो । पार्टीमा तानाशाही प्रवृति, निरंकुश शैली तथा सर्वसत्ताबादी चिन्तनको हावी भयो । नेकपा केपी ओलीकै दम्भका कारण फुट्यो त्यसको एकबर्ष पुग्दा पनि सच्चिने छाँट नदेखिएपछि अवको कम्युनिष्ट एकता प्रचण्डका कारणमात्रै सम्भव छ भन्ने ठानेर म नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको हुँ ।  ’ चौधरीले सुनाए । 

312906942_664050871903313_7926715918043745938_n

बजारमा सुनिएझैँ सादगी जिवन विताउँन चाहाने चौधरी आफ्नै निवासमा पनि उत्तिकै सादगी पहिरन र जिवनशैलीमा भेटिए । भन्नेले घमण्डी भन्थे तर त्यस्तो घमण्ड चौधरीमा देखिएन । प्रदेशसभा सदस्यको लडाईमा होमिएका द्धारिकलाललाई हामीले तपाई चुनाव जितिसकेपछि तपाई सुनसरी २ ‘क’ को सांसद मात्रै होइन, मुख्यमन्त्रीको प्रतिस्पर्धी पनि हो नि भनेर प्रश्न गर्यौँ चौधरीले पटक्कै स्वीकार गरेनन् । ‘भन्नेले मलाई त्यसै पनि भने तर मैलै अस्विकार गर्दै आइरहेको छु म भर्खरै पार्टी प्रवेश गरेको नेता हो । म भन्दा लामो संघर्ष गरेका नेताहरु हुनुहुन्छ । संसदमा पनि संसदीय दलको नेता हुनुपर्छ अनि मात्रै मुख्यमन्त्रीको दाँैडमा जान सकिन्छ, म अहिले मुख्यमन्त्री बन्छु भन्ने दौँडमा छैन तर राजनितिमा असम्भव भन्ने कुरा चाँही केही छैन । ’ उनले भने । 

विशेष गरी सुनसरी २ ‘क’ भन्नाले इटहरीका दश वटा वडा र रामधुनी नगरपालिकाका २ वटा वडा जोडेर बनेको निर्वाचन क्षेत्रमा द्धारिकलालले प्रतिस्पर्धा गर्दैैछन् । आफ्नो निर्वाचन क्षेत्रमा रहेका नदीहरुको तथ्याँक उनिलाई कन्ठस्तै छ । कहाँ कुन नदीले सिंचाईको काम गरेको छ अनि कहाँ कुन नदीले बाढीमा वितण्डा मच्चाएको छ । खेतीयोग्य जमिनमा समयमा सिंचाई नपुग्दा प्लटिङ्ग बढ्दै गएको समेत द्धारिकले सुनाए । ‘इटहरीमा गर्न पर्ने थुप्रै कामहरु छन्, पुर्वाधारका समस्य छन् । पुल र कल्भर्टहरु निर्माण गर्नछन् । अबको दश बर्षमा यो क्षेत्रलाई कस्ता बनाउने भन्ने मास्टर प्लान बनाएर अघि बढ्छु । आहा इटहरी बनाउँछु भनेर स्वाहा इटहरी बनाउँदिन । ’ चौधरीले प्रतिवद्धता व्यक्त गरे । 

कुन बर्गले द्धारिकलाल चौधरीलाई मत दिने त हामीले सोध्यौँ । चौधरी मुस्कुराँए । ‘एमालेको स्कुलिङ्गबाट आएकाले सर्वहारा, कारखानामामा कामगर्ने मजदुरदेखि लिएर राष्ट्रसेवक तथा सबै तह तप्काका किसान दाजुभाई साथमा सबै नेपाली जनता मेरो लागि उत्तिकै हुन म सबैको नेता हुँ मैले पछि एकजना तथा एक बर्गको लागि मात्रै काम गर्छु भन्ने हुँदैन त्यसैले सबै तह र तप्काका जनताले मलाई उत्तिकै माया गर्नुहुन्छ ।’ चौधरीले भने । 

चुनावको बेला उम्मेदवारले बर्ग छुट्याउने पनि त हैन नि हामीले शुभकामना दियौँ । अन्तमा लोकतान्त्रिक बाम गठबन्धनलाई मत दिएर आगामी मंसिर ४ मा हुने चुनावी महासंग्रामलाई सफल पार्न द्धारिकलालले जनतामा अनुरोध गरे ।‘ मंसिर ४ गते हुने चुनावी महासंग्रामलाई भयरहित बनाउन आफ्नो ठाउँबाट भुमिका खेल्दै लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउनुहोस् ’चौधरीको भनाई थियो ।