इलामः पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले संबिधानको रक्षा गर्न गठबन्धनलाई बलियो बनाउनु पर्ने बताएका छन् ।
बाम लोकतान्त्रिक गठबन्धन द्धारा रोङ स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रम खनालले संबिधान माथी अझै पनि प्रहार भैरहेकाले त्यसको रक्षा गरी नेपालीलाई सार्वभौम सम्पन्न बनाउनका लागि गठबन्धनलाई बलियो बनाउनु पर्ने बताएका हुन् ।
उनले बर्तमानको आवश्यक्ता भनेकै एकता भएको बताए । उनले लामो संर्घषबाट प्राप्त उपलब्धी संस्थागत गर्न जरुरी रहेको बताए । उनले नेपालको संविधान बिश्वकै उत्कृष्ठ संबिधान भएको उल्लेख गरे । उनले भने ‘बिकसीत देशको संबिधानको तुलना गर्दा महिलालाई ३३ प्रतिशत सुरक्षित गर्ने संबिधान नेपालको मात्र हो । ’
उनले संबिधानमाथी अझै खतरा रहेको बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिगतमा दुई दुई पटक संसद बिघटन गरेर संबिधान मास्ने षड्यन्त्र गरेको स्मरण गराउदै संबिधान बिरोधीलाई परास्त गर्नका लागि लोकतान्त्रीक शक्ति बिच गठबन्धन जरुरुी भएको बताए ।
केपी ओली सरकारले दुई तिहाई बहुमत हुँदा पनि जनताको जनजिविकाका सवालमा काम गर्न नसकेको बताउदै त्यस बेलाको परिणाम बर्तमान सरकारले खेपी रहनु परेको बताए ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ का साझा गठबन्धनका उम्मेदवार समेत रहनु भएका खनालले जिल्लामा बिकास निर्माणका धेरै काम गर्न वाँकी रहेको बताए । उनले बिकास निर्माणका काम एकै पटक नहुँने भएकाले क्रमश बिकास हुने बताए । उनले गठबन्धन दल प्रतिबद्ध हुँदा सबै क्षेत्रमा गठबन्धन उम्मेदवारको जित पक्का भएको बताए ।
गठबन्धन दल रोङ समन्वय समितिका अध्यक्ष बृहस्पति खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणले मंसिर ४ को निर्वाचन राजतन्त्रवादी र लोकतन्त्रवादी बिचको भएको बताए । उनले अहिलेको अवस्था सबै कुरा बिर्सीएर गठबन्धन जिताउने बेला भएको बताए ।
कार्यक्रममा संबिधान सभा सदस्य टिकाराम लाप्चाले गठबन्धनमा धोका भयो भने देश संकटमा पर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापती तथा निर्वाचन क्षेत्र नं १ प्रदेश ख का गठबन्धनका उम्मेदवार शम्सेर राईले आफुहरुले आगामी दिनमा जनताका इच्छा पुरा गर्ने गरी काम गर्ने बताए । उनले आफुले बिगतमा रोङ गाउपालिकालाई समृद्ध बनाउन खेलेको भूमीकाको चर्चा गर्दै उक्त निर्वाचन क्षेत्रका अधुरा काम पुरा गर्नका लागि आफु सहित गठबन्धन दलको जित आवश्यक रहेको बताए ।
उक्त कार्यक्रममा नेपाली काग्रेस इलामका सह सचिव देवेन्द्र सुवेदीले गठबन्धनमा धोका दिने काम भए त्यसको नतिजा राम्रो नहुँने बताए । उनले क्षेत्र नं. १ र २ मा भाट साटासाट गरीएको बताउदै सबै नेता कार्यकर्तालाई गठबन्धनमा प्रतिवद्ध हुन आग्रह गरे । कार्यक्रममा माओवादी केन्द्र रोङका अध्यक्ष देवेन्द्र राईले स्वागत मन्तब्य राखेका थिए ।