इटहरी :सुनसरी जिल्लाको भोक्राहा–नंरसिह गाउँपालिका वडा नम्बर ३ मा नेकपा एकिकृत समाजवादीको वडा कमिटि चयन भएको छ । शनिवार भेला भएका वडा नम्बर ३ का बासिन्दाले कमिटिको अध्यक्षमा धिरेन्द्र यादवलाई चयन गरेका छन् ।
सयौको सख्याँमा उपस्थीत भएका मधेशी, मुस्लीम, आदिवासी जनजाती, महिला, दलित, जेष्ठनागरिक, युवा विद्यार्थीलगायतको वडा भेलाले धिरेन्द्रकुमार यादवको अध्यक्षतामा ७५ सदस्य वडा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा बिष्णुदेव खत्वे, रमानन्द मण्डल सचिवमा मोहनकुमार खत्वे, उपसचिवमा गितादेवी खत्वे र शिवकुमार खत्वेसहित ७५ जनाको कार्यसमिती चयन भएको हो ।
यसैगरि सोही भेलाले गितादेवी खत्वेको अध्यक्षतामा अनेमसंघ समाजवादीको ५१ सदस्य भोक्राहा–नंरसिह गाउ कमिटी गठन गरेको छ ।

272310556_447651176819648_1535764831230706473_n
वडाकमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज केशव तिम्सीनाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
वडा भेलामा वक्ताहरुले सुनसरीमा नेकपा एसमा देखिएको जनलहरले आगामी दिनमा हुने स्थानिय तह, प्रदेशसभा र संद्यिय संसदको निर्वाचनमा यस क्षेत्रबाट कलम चिन्ह लिएका उम्मेदवारलाई अनुमोदित गर्ने गरि नेकपा एसको संगठन निमार्ण, परिचालन र जनताका घर घरमा नेकपा एसलाई स्थापित गराउन सवै तह र तप्काको साथ सहयोग समर्थन बढदै जानुले नेकपा एस सशक्त दलका रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।
वडा भेलामा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष गोविन्द निरौला, केन्द्रिय प्रतिनिधि परिषद सदस्य डा सिएन पाठक, प्रदेश सदस्यहरु किरण कार्की, तिर्थ अधिकारी, ब्रहमदेव यादव, सुनसरी प्रचार विभाग प्रमुख राजेन्द्र पोखरेल, जिल्ला सदस्य कल्पना पोखरेल तिम्सीना, गाउँ कमिटी अध्यक्ष जावेद आलमलगायतले बोलेका थिए ।