इटहरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कोरोना भाइरसको संक्रमणको जोखिम उच्च गतिमा बढेका भन्दै सतर्कता अपनाउन सम्पुर्ण नेपालीलाई आग्रह गरेका छन् ।
सोमबार एक विज्ञप्ती जारी गर्दै पार्टी अध्यक्ष नेपालले आफ्नो पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्दा एंव भेला हुदा न्युनतम स्वास्थ्य मापदण्डको पालना गर्न र माक्स प्रयोग गर्द र सेनिटाइजर प्रयोग गरी भौतिक दुरी कायम गर्न नेता नेपालले सम्पुर्ण पार्टी पंत्तिलाई निर्देशन दिएका छन्।
सार्वजनिक स्थलमा अनावश्यक भिडभाड कम गर्न पार्टीका बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा तोकिएका सदस्यले मात्रै सहभागिता जनाउन समेत नेता नेपालले भनेका छन् ।
सरकारले तोकेका मापदण्ड पालना गर्न र धेरै भिडभाड हुने सम्मेलनहरु तत्काल आयोजना नगर्न र आन्तरिक भेला तथा बैठकहरु समेत सकेसम्म बैकल्पिक माध्यमबाट आयोजन ागर्न नेकपा एसका अध्यक्ष नेपालले पार्टी पंत्तिलाई निर्देशन दिएका छन् ।
१८ बर्ष भन्दा माथिमा सम्पुर्ण नागरिकलाई कोरोना विरुद्धको खोप हान्न र सहजिकरण गराउन र खोप लगाउन उत्प्रेरित गर्न पार्टी पंत्तिलाई परिचालन हुन नेता नेपाललको निर्देशन छ ।