इटहरीः मानसिक तथा नशा रोगीका लागि बीपी मेडिको एण्ड स्वास्थ्य उपचार क्लिनिकले गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६० जनाले स्वास्थ्य जाँच गराएका छन् ।
क्लिनिक सञ्चालक गणेश नेपालका अनुसार शिविरमा इटहरी आसपासका क्षेत्रका साथै सप्तरी, उदयपुर र सङ्खुवासभा जिल्लाका बिरामीले पनि स्वास्थ्य परीक्षण गराएका थिए ।
कान्तिपुर हस्पिटल काठमाडौंका वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा निःशुल्क स्वास्थ्य जाँच गरिएको नेपालले जानकारी दिए ।