धरान :सुनसरीको धरान उपमहानगरपालिका एक हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । उपमहानगरको बुधबार विहान बसेको बैठकले धरान उपमहानगर क्षेत्र भित्र अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको उपमेयर मञ्जु भण्डारीले जानकारी दिइन् । समुदाय स्तरमै कोरोना फैलिएको भन्दै बुधबार राति १२ बजे देखि लागु हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको छ ।
बैठकले स्वास्थ्य क्षेत्र बाहेक अन्य सबै क्षेत्र साउन २८ गते सम्म बन्द गर्ने जनाएको छ । अहिले सम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । २८ जना मध्ये ९ जना समुदायका स्थानियमा पनि कोरोना संक्रमण देखिएको छ ।