इटहरीः इटहरी उपमहागरपालिका ४ का वडा अध्यक्ष चन्द्र भट्टराईले आफ्नो कार्यकाल भित्र वडाका सबै सडक हिलो र धुलोमुक्त पार्ने बताएका छन् । उनले प्रदेशपोर्टलसगँको विशेष कुराकानीमा नागरिकको सहज आउजाउका लागि आफुले सक्दो पहल गर्ने जानकारी दिए ।

अध्यक्ष भट्टराईले स्थानीय तहको चुनावको घोषणापत्रमा पहिलो बुदाँमा लेखिएको सो कुरालाई सम्झदै हालसम्म ९५ प्रतिशत काम पुरा भईसकेको जानकारी दिए । उनले अबको २ वर्षमा सबै काम सक्ने प्रतिबद्धता समेत गरेकाछन् ।

वडाका सबै वृद्धावृद्धलाई घरमै पुगेर सामाजिक सुरक्षाभत्ता बाड्ने, युवाहरुलाई उनीहरुको रुचिअनुसार कृषि तथा रोजगारका अवसरमा जोड्ने, वडाका जाति, धर्म, समुदाय नभनि अति विपन्न ५० परिवार स्वास्थ्य बीमा गरिदिने भएको छ । त्यस्तै शिक्षाका क्षेत्रमा समेत महत्वपुर्ण कार्यको थालनी गरेको बताएका छन् ।

यस्तै हालसम्म सुरक्षाका दृष्टिकोणले खोला तथा विभिन्न खराब गतिबिधि गर्ने स्थानमा सिसि क्यामेरा जडान गरिएको छ । वडाका महिला तथा विपन्न परिवारलाई कृषि क्षेत्रका लागि तालिम प्रदान गरेको उनले उल्लेख गरे । जनप्रतिनिधि निर्वाचित भएर आएपछि आफ्नो टिममा रहेका पाचैं जना सदस्यहरुले साथ दिएको र आफुुले सहकार्य गरेर वडाका गतिविधिका सँलग्न रहेको उनको भनाई छ ।

इटहरी वडानम्बर ४ को मुख्य समस्या बुढीखोला र टेङ्ग्राखोला हुन् । उनले यि दुुइ खोलाको दीगो समाधानका लागि वडाको बजेट पर्याप्त नभएको भन्दै यसमा नगरले उचित योजना बनाए अघि बढ्नुुपर्ने सुुझाव दिइरहेको जानकारी दिए ।

उनका अनुसार हाल ट्याँग्रा खोलालाई डाइभर्सन गरि बढी खोलामा हाले दीगो समाधान हुने छ । यसका लागि सानो रकमले काम नहुने उनको भनाई छ । करोड भन्दा बढि बजेट लाग्ने यस्तो प्रोजेक्टका लागि प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने र त्यसका लागि नगरले विशेष पहल लिनुु आवश्यक रहेको उनको धारणा रहेको छ ।