धनकुटा :अविरल वर्षाकारणले झरेको पहिरोले जिल्ला खेलकुद विकास समिती धनकुटाको भवनमा समेत क्षति भएको छ ।
अविरल वर्षाले जिल्ला खेलकुद विकास समितीको भवन भासिएको हो । भवनको चारै क्षेत्रमा पहिरो गएको छ । भवन नजिकै रहेको फूटबलको स्तम्भ पनि जोखिममा परेकाले डोजर लगाएर तानिएको छ । पहिरोले धनकुटाको तल्लो टुँडिखेल क्षतविक्षत भएको खेलकुद विकास समितीका कार्यालय प्रमुख नविन प्रधानले बताए ।

यस्तै अविरल वर्षाका कारण सडकका ठाउँठाउँमा पहिरो झरेपछि कोशी राजमार्ग केहीबेर अवरुद्ध बनेको छ । कोशी राजमार्गअन्तर्गत भेडेटार हिले खण्डको १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको थियो । सो खण्डको पात्लेखोला, रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट, सल्लेरी लगायतका दर्जनौं स्थानमा पहिरो खसेको थियो । सडक स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा खुलाइएको सशस्त्र प्रहरीका डिएपी सचिन कर्माचार्यले जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुम पुग्न सयौँ सवारीसाधन जाममा परेका थिए ।

pahiro dkt 2

वर्षाको कारण धनकुटाका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध बनेका छन् । ठाउँ–ठाउँमा पहिरोले पुरिए पछि सडक अवरुद्ध बनेका हुन् । अधिकांश ठाउँमा पहिरो गएको खबर आएको भएपनि क्षतिको पूर्ण विवरण आइ नसकेकोले कहाँ कुन सडक अवरुद्ध र कति मानिस विस्थापित भए भन्न नसकिएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारले बताए

pahiro dkt 3