विराटनगरः मोरङको सुन्दरहरैंचा नगरपालिका ७ स्थित गछिया खोलाबाट अनधिकृत रुपमा मिस गिट्टी उत्खनन् गरिरहेको अवस्थामा जेसीबी र टिफर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज नयन्त्रणमा लिई ती सवारी साधन र चालकसमेतलाई आवश्यक कारबाहीको लागि पहल थालकेो छ । प्रहरीका अनुसार ती साधान र चालकलाई जिल्ला समन्वय समितिको कार्यालय मोरङमा बुझाइने छ ।

प्रहरीले को १ क २३१७ जेसीबी चालक जिल्ला मोरङ सुन्दरहरैचा न.पा. ६ बस्ने बर्ष २३ को खेमराज रिजाललाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका को १ क २४७१ जेसीबी चालक वर्ष ३० को प्रताप गुरुङ र को १ ख ५१०९ टिपरलाई नियन्त्तणमा लिएको छ ।

उता, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ स्थित गछिया खोलाबाट अवैध रुपमा ढुङ्गा लोड गर्दै गरेको को १ त ८७३० नम्बरको ट्याक्टर र चालक सोही ठाउँका वर्ष २२ को आशिष परियारलाई पक्राउ गरी आवश्यक कारवाही थालिएको प्रहरीले जनाएको छ ।