धनकुटा: देशको अबस्था र कृषिमा सम्भाबना समेटेर कृषि अभियानता तथा लेखक जीवन प्रसाद राईको १९ औं कृति समृद्धिका आधार पुस्तक सार्बजानिक भएको छ ।
नेपालका ७७ जिल्लाका कुना कुनामा पुगेर कृषिबाट समृद्धि पस्कन सकिने विषयवस्तु राईको पुस्तकमा समेटिएको छ ।

पुस्तकमा ठाँउ अनुसारको उत्पादनलाइ जोड दिएको छ । पुस्तक करिब ८ बर्ष लगाएर देश घुमेर तयार पारेको राइले जानकारी दिए । पुस्तकमा समेटेको उल्लेख गरे । २०६७ साल माग बाट सुरु भएको यात्रा २०७५ सालमा ७७ जिल्लाका २६६ नगरपालिका र ३७९ गाँउपालिका पुगेर अन्त्य भएको राइले बताए । सो पुस्तकको साहित्यकार झमक घिमिरेले एक कार्यक्रमका बिच मगंलबार लोकार्पण गरेकी थिइन् । पुस्तक लोकार्पण गदै घिमिरेले कृषिलाई जीवन शैलीमा रुपान्तरण गर्न पुस्तकले प्रेरणा दिएको बताइन् । कृषिले समृद्धिसंगै पर्यटन विकासमा मद्धत पुग्ने भएकोले अबको गन्तव्य नै कृषि हुने आफ्नो ठम्याईरहेको लिखित प्रतिक्रिया दिइन् । सांग्रिला बुक्सले यसै साता प्रकासन गरेको उक्त पुस्तकको सुरुवातमा नै दुई हजार प्रति बिक्रि भएको जनाईएको छ ।
पुस्तकबारेमा लेखक राईले मंगलबार नै धनकुटामा पत्रकार बिच समिक्षा समेत गराएका छन् । पुस्तक माथि साहित्यकार जनार्दन घिमिरे, मुकुन्द प्रयास र रमेशचन्द्र अधिकारीले समिक्षा गरेका थिए । राइका यस अघिनै कृषिबाट करोडपती लगायतका पुस्तक सार्बजनिक भइसकेका छन् ।