इटहरी : कुनै समय एक हजार दर्शक अट्न हम्मे हम्मे पर्ने त्यसमा पनि सबै दर्शकले उभिएर खेल हेर्नु पर्ने इटहरीमा रहेको रंगाशाला यति बेला बेहुली झैं सिंगारिएको छ । अर्थात रंगाशालाले आफ्नो पहिचान फेरेको छ । हजारौं दर्शक अट्ने प्याराफिट निर्माण भएपछि खेलप्रेमि दर्शक तथा खेलाडी हर्षित भएका छन् । २२ करोडको लागतमा करिब ३ हजार ५ सय दर्शक बसेर हेर्न सक्ने प्याराफिट निमार्णको काम अन्तिम चरणमा पुगेको सुनसरी खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले बताए । अब भने करिब १० हजार दर्शकले खेल हेर्न सक्नेछन् ।

६ महिना अघि एक वर्ष भित्रमा सम्पन्न गर्ने गरी जिम्मा पाएको मलेसियन कम्पनीले नेपाली निर्माण कम्पनीसँग जोयन्डभेन्चरमा काम गरेको अध्यक्ष थापाले बताए । निर्माण भएको उक्त प्याराफिट फ्रेन्च र मलेसियन नागरिकले टेक्निकल काम गरेका थिए भने बाँकी काम इन्जिनियरको सहयोग नेपाली कामदारले संरचना जडान गरेका थिए । उक्त प्याराफिट पछाडी पट्टिको भागमा खेलाडीको सहजका लागि चेन्जिङ रुम, भिआइपी लाउन्च, पोस्ट म्याच कन्फ्रेरेन्स, सुविधा सम्पन्न शौचालयहरु लगायत निर्माण भएको छ ।

itahari ranggasala 4

सो संरचना निर्माण भएसंगै पूर्वको जुनसुकै खेल क्षेत्रमा फड्को मार्ने नेपाली फुटबलका पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले बताए । उनले भने शुरुको अबस्थामा सानो एरिया, दर्शकको खचाखच त्यो पनि दिन भर उभिएर हेर्नु पर्ने अबस्था रहेको बताउँदै त्यस समस्याको अन्य भएको छ । तामाङले दर्शक धेरै अटाउनलाई अहिले निर्माण भएको प्याराफिटलाई केही थप गर्नु पर्ने बताए ।

अहिले अबस्थामा युवाहरुमा सरकारी जागिर तिर ध्यान कम भएको छ । यसको विकल्प खेल क्षेत्र पनि हो । खेल मैदान प्रर्याप्त हुदाँहुदैंं पनि स्थानीय स्तरका नयाँ प्रतिभालाई स्थानीय सरकार तथा सरोकारवालाले चासो नदिँदा खेल क्षेत्रमा नयाँ प्रतिभा आउन सकेको छैन, पूर्व खेलाडी तामाङले गुनासो गरे । तामाङले रंगाशाला निर्माणमा पूर्व खेलाडीलाई समेत निर्माण समितिमा राख्नु पर्ने बताए । समितिमा रहेका कतिपय सदस्य तथा पदाधिकारीलाई खेल प्रति राम्रो ज्ञान नहुने भएकाले केही सल्लाह सुझावको लागि खेलाडीलाई पनि भौतिक निर्माण समितिमा राख्नु पर्छ, तामाङले थपे । उनले खेलमैदानको सहि सदुपयोग गर्न सके खेल क्षेत्रमा तिव्र विकास गरी अन्तर्राष्ट्रिय स्तरमा स्थानीय युवालई चिनाउन सकिने उनको भनाई छ ।

उक्त रंगाशालाको बाहिरी घेराबाराका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा एक करोड छुट्याएको थियो सोही रकमले घेराबाराको काम भईरहेको छ । आगामी आर्थिक वर्षमा पनि केही रकम छुट्याएको बताउँदै खेलकुद समितिको अध्यक्ष थापाले केही महिना भित्रमा सो निर्माणको कार्य पनि सम्पन्न गर्ने लक्ष्य रहेको बताए । हाल सम्म सो रंगाशालामा दुई अन्तर्राष्ट्रिय खेल भईसकेका छन् भने दशकौं राष्ट्रिय विभिन्न खेल सम्पन्न भई सकेका छन् ।

सो काम सम्पन्न तथा रंगाशाला स्तर उन्नतिका लागि इटहरीका केशब विष्ट राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव भएको बेला उनकै पहलमा शुरु भएको अध्यक्ष थापाले जानकारी दिए । यस खेलमैदानले इटहरी मात्र नभई प्रदेश एकलाई नै चिनाएको खेलप्रेमीको बुझाई छ ।

itahari ranggasala 1