इटहरी: इटहरीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराबाजी भएको छ। चार बजेपछि भएको जुलुसमा युवाहरूले ओलीको पक्षमा नाराजुलुस गरे ।

इटहरी बजार परिक्रमा गरेको जुलुसमा सहभागीले भारतीय दलाल होसियार, भारतीय दलाल मुर्दावाद, लिपुलेक कालापानी लिम्पियाधुरा हाम्रै हो, आइ एम विथ ओली भन्दै नारा लगाएका थिए।

जुलुसपछि इटहरी उपमहानगर प्राङ्गणमा भएको कोण सभामा बोल्दै गायत्री लम्सालले मन्तव्य दिएका थिए। नेपालको इतिहासमा पहिलोपटक कम्युनिस्टको दुई तिहाइ नजिकको मत आएको भन्दै राष्ट्रवादी काम गरेको ओली सरकारलाई जबर्जस्त ढाल्न खोजेको भन्दै खबरदारी गरेको लम्सालले बताए। किभिड-१९ को तनाव र राष्ट्रवादी काम गरेपछि घेराबन्दी गरेको भन्दै खबरदारी गर्न विरोध गरिएको लम्सालले बताए।

kp oli 2