खोटाङः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ स्थित जालपाका सामाजिक अभियान्ता इमान राईलाई ‘सामाजिक विकास सम्मान २०७७’ प्रदान गरिएको छ ।

विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा नगरपालिकाले स्थापना गरेको ‘नारायणप्रसाद जोशी सामाजिक विकास कोष’मार्फत नगद रु ३० हजार राशीसहितको ‘सामाजिक विकास सम्मान’ शनिबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले सामाजिक अभियान्ता राईलाई दोसल्ला ओढाएर प्रदान गरेका हुन् ।

बिगत लामो समयदेखि सामाजिक काममा क्रियाशील सामाजिक अभियान्ता राईले समाज रुपान्तरणमा पु¥याउनु भएको योगदानको कदर स्वरुप ‘सामाजिक विकास सम्मान २०७७’ प्रदान गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।

सम्मानित राई जनसेवा समाज नेपाल जालपामा आवद्ध छन् । जिल्लामा लामो समयअघिदेखि सामाजिक सङ्घसंस्था सञ्चालन गरेर समाज रुपान्तरणमा क्रियाशील रहेका अवस्थामा मृत्युभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका नारायणप्रसाद जोशीको स्मृतिमा नगरपालिकाले स्थापना गरेको ‘नारायणप्रसाद जोशी सामाजिक विकास कोष’समेत शनिबार नै औपचारिक रुपमा स्थापनाको घोषणा गरिएको छ । सामाजिक सेवाका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै हरेक वर्ष जोशीको वार्षिक पुण्यतिथिको अवसर पारेर एकजना सामाजिक अभियान्तालाई रु ५० हजार राशीको पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो ।

ब्याजबाट सामाजिक पुरस्कार प्रदान गर्ने व्यवस्थाका लागि स्थापना गरिएको कोषमा हालसम्म नगरपालिकाले रु आठ लाख, सक्रिय बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख ५० हजार, हिमाली क्लवले रु एक लाख, गैंरसरकारी संस्था महासङ्घ खोटाङले रु ५५ हजार, मनोज जोशी स्मृति प्रतिष्ठानले रु ५० हजार, नेपाल निजामति कर्मचारी सङ्गठन खोटाङले रु २५ हजार, अनिल जोशीले रु २५ हजार, बालसेवा समाज नेपाल नेर्पाले रु २० हजार र पुरस्कृत राईले रु दश हजार गरी करीब रु १२ लाख रकम जम्मा भइसकेको नगर प्रमुख दिपनारायण रिजालले बताए ।

विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा नगरपालिकाले स्थापना गरेको नारायणप्रसाद जोशी सामाजिक विकास कोषमा वार्षिक रुपमा रकम थप गर्दै रु एक करोडसम्म पु¥याउने लक्ष्य राखिएको नगरप्रमुख रिजालले बताए । कार्यक्रमका प्रमुख अतिथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद भट्टराईले सामाजिक अभियान्ता जोशीले समाज रुपान्तरणको क्षेत्रमा पु¥याउनुभएको योगदानको सबैले अनुशरण गर्नुपर्ने बताए ।

नगरपालिकाको कार्यालयमा आयोजिक कार्यक्रममा सामाजिक अभियान्ता स्व. जोशीको तस्वीरमा माल्र्यापणसमेत गरिएको थियो । सामाजिक विकास कोष स्थापना तथा सम्मान कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, जिल्लास्थित सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । वि.सं. २००४ पुस २४ गते जन्मनुभएका जोशीको ७० वर्षको उमेरमा वि.सं. २०७४ असार २० गते उपचारकै क्रममा मृत्यु भएको थियो । निजामती कर्मचारी सङ्गठन खोटाङको संस्थापक अध्यक्षको भूमिकासमेत निर्वाह गरिसक्नुभएका जोशी हिमाली क्लवका अध्यक्षका रुपमा कार्यरत छन् ।