धरानः नेपाली काङ्ग्रेसका पुर्व सभापती एवं पुर्व प्रधानमन्त्री तथा क्रान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तिको अवसरमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन सुनसरीले बिहिबार धरान छाता चोकमा रहेको अपाङ्ग पुर्नस्थापना गृहमा रहेका २८ जना अपाङ्गहरुलाइ खाना खुवाएर मनाएको छ ।

जिपी कोइराला फाउन्डेसन सुनसरीका सभपती चन्द्र सेखर लामा सहित सचिव गङगा चौलागाइ, सदस्यहरु राजु शाह, निर्मला शर्मा नेपाल लगायतको उपस्थितिमा विहिवारको बेलुकाकोे खाना खुवाएर गिरिजाप्रसाद कोइरालाले देशको लागि गरेको ऐतिहासिक कार्यको सम्झाना गर्दै देशै भरी विभिन्न सामाजिक कार्यक्रमहरु गरिएको जि.पि. कोइराला फाउन्डेसनका सदस्य तथा नेपाली कांग्रेस धरानका सचिव युवराज शैकरले जानकारी दिएका छन ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्यहरु अनिल श्रेष्ठ, माधव घिसिङ, गोविन्द बस्नेत, निलु गिरी, गोविन्द दर्नाल, मोहन बस्नेत, क्षेत्रीय सचिव मुरारी भट्टराई साथै फाउन्डेसनका सल्लाहकार एवं समाजसेवी हिरा उदास, श्यामा रेग्मी लगाएतको उपस्थिति रहेको थियो ।

79251246_275475353539470_1154097309884863774_n