तेह्रथुमः लिम्बुहरुको समाधी स्थल भत्काएको बिरोधमा फेदाप गाउपालिका को न्यायिक समितिको कार्यकक्षमा हिजो ताला लगाएका छन । केही दिन अघि तेह्रथुमको फेदाप पोक्लाबङमा रहेको लिम्बुहरुको समाधी स्थल भत्काइएको विरोधमा बिहिबार फेदाप गाउपालिकाको स्थानीय न्यायिक समितीमा सघर्स समितिले तालाबन्दी गरेको हो ।
संघर्ष समितिले दिएको निवेदन उपर कुनै कार्य सम्पादन समेत नगरी वेवास्ता गरेकोले न्यायीक समितिको कुनै अर्थ नरहेको ठहर गर्दै चरणबद्ध कार्यक्रमको घोषणा गरि संघर्ष समितिले तालाबन्दी गरेको हो ।समाधी स्थल खनिएको विषयमा संघर्स समितिले आन्दोलन घोषण गर्दै पहिलो चरणमा स्थानीय न्यायीक समितिमा तालाबन्दी गरेको हो ।
समाधी स्थल खनिएको विसय लाई लिएर स्थानीय सरकार प्रमुख लाई ज्ञापन पत्र बुझाउन खोजिए पनि ज्ञापन पत्र नलिए पछि स्थानीय न्यायीक समितिमा निवेदन दिईएको थियो । न्यायीक समितिले पनि कुनै कार्बाही अघि नबढाईएकोले हिजो तालाबन्दी गरिएको संघस समितिले बताएको छ ।संघर्ष का आन्दोलन अनुसार यहि असार २१ गते अध्यक्ष को र २४ गते सम्पुर्ण गाउँपालिकाको कार्यलयमा तालाबन्दी गरिने समेत घोषण गरिएको छ ।