इटहरीः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले ११ र १२ को परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ ।
पछिल्ला केही समय विभिन्न सञ्चार माध्यमहरूमा कक्षा ११ र १२ को परीक्षा नहुने भन्ने आशयको समाचार आएको बिद्यार्थीहरुलाई अन्योलमा नहुन आग्रह गरेको हो ।
हिसान सुनसरीले एक प्रेस विज्ञप्ती जारी गर्दै कुनै पनि सरकारी निकायबाट आधिकारिक निर्णय नभएकोले गलत समाचारको खण्डन गर्दै पठन पाठनका साथै परीक्षाको तयारीमा रहन विद्यार्थी, शिक्षक लगायत समस्त अभिभावकहरूलाई विशेष अनुरोध समेत गरेको छ । हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे र सचिव सागर भट्टराईद्धारा आज प्रेस विज्ञप्ती जारी गरि सो आग्रह गरेको हो ।