संखुवासभाः संखुवासभाको खाँदबारी नगरपालिकामा नेपाल ग्रामिण पुनर्निर्माण संस्थाले विपन्न तथा मजदुर परिवारलाई राहत उपलब्ध गराएको छ । लक डाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराएको हो । ग्रामिण पुनर्निर्माण संस्थाले खाँदबारी नगरपालिका वडा नम्बर–९ का ८ सय परिवारलाई राहत उपलब्ध गराएको छ ।

ग्रामिण पुनर्निर्माण संस्थाले तुम्लिङटारका विपन्न तथा मजदुर वर्गका ८ सय परिवारलाई ८ सय बोरा चामल,तेल,नुन लगायतका खाद्यान्न सहयोग गरेको नेपाल ग्रामिण पुनर्निर्माण संस्थाका अध्यक्ष हरि तामाङले बताए । नेपाल ग्रामिण पुनर्निर्माण संस्थाले खाँदबारी–९ का तुम्लिङटार,कुमाल गाउँ,बोहोराटार,बैधेगाउँ,ढुङगेधारा लगायतका ८ सय परिवारलाई राहत वितरण गर्ने संस्थाका अध्यक्ष तामाङले बताए । तुम्लिङटारमा बाहिर बाट आएका मजदुर र विपन्न बर्गका मजदुर धेरै भएका कारण वडा नम्बर–९ मा राहत वितरण गरेको उनले बताए ।
संस्थाले रोजगार गुमाएर बेरोगार तथा विपन्न बर्गका परिवारलाई प्रति घर एक बोरा चामल,एक किलोग्राम नुन र एक लिटर तेल उपलब्ध गराएको हो । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा अधिकासं विपन्न बर्गका कुमाल समुदायको बसोबास छ । खाँदबारी नगरपालिकाले यस अघि १४ सय ३४ परिवारलाई राहत उपलब्ध गराई सकेको छ ।

त्यस्तै गरी नेपाल ग्रामिण पुनर्निर्माण संस्थाले खाँदबारी नगरपालिकालाई ३ सय ५० बोरा र जिल्ला समन्वय समितीलाई ३ सय ५० बोरा चामल उपलब्ध गराएको अध्यक्ष तामाङले बताए । नेपाल ग्रामिण पुनर्निर्माण संस्था लक डाउन बढेर गए राहत सामग्री पुन वितरण गर्ने संस्थाले जनाएको छ ।