संखुवासभाः मदन भण्डारी फाउण्डेसन संखुवासभाले विविध कार्यक्रम गरेर ६९ औं मदन भण्डारीको जन्मजयन्ती मनाएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा वहाँको योगदान र लोकतान्त्रिक आन्दोलनमा खेल्नुभएको भुमिका विषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी संघिय प्रतिनिधि संसद तथा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र प्रसाद गौतम रहनुभएको थियो । उहाँले कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा मदन भण्डारीको माक्सवार्द–लेलिनवादलाई आँखा चिम्लेर होइन आफ्नै देशमा सिर्जनात्मक रुपमा प्रयोग गर्नुपर्छ भन्ने विचारले नेकपा आज यस अवस्थामा आएको गौतमले बताए् । देशलाई समृद्ध, नेपाल सुखी’ नेपालीको आकांक्षा पूरा गर्न अगाडि बढेको समयमा मदन भण्डारीको जनताको बहुदलीय जनवादले सहयोग पुग्ने गौतमको भनाइ छ । तत्कालीन समयको जनताको बहुदलीय जनवाद समयानुकुल परिमार्जन गर्नुपर्ने अवस्था आएको भन्दै जनताको बहुदलीय जनवादलाई छोडेर नेकपाले छोडेर हिड्न नसक्ने गौतमको तर्क छ ।गौतमले एमसिसिको विषय तल्लो तहमा बहस गरेर केही पनि नहुने यो माथिल्लो राजनीतिक तहमा छलछफ मार्पmत हल गर्नुपर्ने बताए ।

105935735_1390816487795726_7249077804804831827_n
त्यस्तै नेकपाका अर्का केन्द्रीय सदस्य राजेन्द्र कार्की “नविन”ले मन्तव्य राख्दै नेपाली राजनीतिका शिखर पुरुष मदन भण्डारीको अवसान नेपाली राजनीतिकै लागि अपुरणीय क्षति भएको बताए । उनले भने देशको राजनीतिमा धेरै मान्छे आउँछन र जान्छन । इतिहासले ती मध्येका केही केही मानिसलाई मात्र स्मरणयोग्य बनाउँछ । इतिहासले स्मरणयोग्य बनाउने नेतामध्येकै एक नेता हुन मदन भण्डारी । हामीले भण्डारीको सिर्जनात्मक माक्सर्वाद सम्बन्धी धारणाले विश्व जगत नै प्रभावित छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलीय जनवाद (जबज) अहिलेको नेपालको विशेष परिस्थितिमा व्यवहारिक बनाउन सक्नुपर्छ । अनि मात्र उनीप्रतिको सच्चा सम्मान हुने कुरा काकीले बताए ।
फाउण्डेसनका जिल्ला अध्यक्ष तथा खाँदबारी नगर प्रमखु मुरारी प्रसाद खतिवडाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चाल सचिव एम वि लिम्बुले गरेको थिए । साथै खाँदबारीको बरुण बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका १८ जनालाई फलफुल वितरण गरेको छ ।