इटहरीः तत्कालीन नेकपा (एमाले) भरौल गाऊ कमिटिको दुई कार्यकाल सफल अध्यक्ष भएर कार्यक्रता माझ लोकप्रिय हुँदै भरौलमा तत्कालीन एमाले पार्टीको गढ बनाउन कुशल संगठन कर्ताको रुपमा परिचित वराहक्षेत्र नगरपालिका वडा नं ५ का अध्यक्ष राजु अधिकारीले पार्टीबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा पत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गरेका छन् । तत्कालिन नेकपा ( एमाले ) र माऔवादी केन्द्रका बिच एकता भए पछि बनेको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को वराहक्षेत्र नगर कमिटी सचिवालय सदस्य समेत रहेका अधिकारले नगर कमिटी सदस्य , सचिवालय सदस्य र नेकपा पार्टी तीनै तहवाट नेकपा वराहक्षेत्रका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
उनले नेपाल कम्युनिष्ट पार्टी प्रदेश प्रदेश नं १ कमिटि र नेकपा जिल्ला कमिटि सुनसरीलाई बोदार्थ समेत दिइएको राजीनामा पत्रमा लेखेका छन् “ म नेपाल कम्युनिष्ट पार्टीको आस्थावान एक कार्यक्रता हो । बिगत लामो समय देखि पार्टीले दिएको जिम्मेवारी पुर्ण रुपमा निर्वाह गर्दै आइरहेको छु । हाल आएर नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता पश्चात् पार्टी बिस्तार गर्ने क्रममा म नेकपाको वराहक्षेत्र नगर कमिटीको सचिवालय मेरो पार्टी संयन्त्रमा जाने बिधान अनुरुप पार्टीवाट निर्वाचित वडा अध्यक्ष मध्ये जेष्ठ सदस्यको आधारमा मैले पार्टी संयन्त्रमा जान्न पाउनु पर्ने अधिकारलाई बन्चित गर्दै पार्टी बिधान बिपरित अध्यक्ष , मेयर र इन्चार्जले वरियताक्रम विपरित संयुक्त छलफलवाट बिधान मिचि काम गरेको र पटक पटक जानकारी गराउँदा समेत मेरो कुरा सुनुवाई नभएकोमा मेरो गम्भीर आपति छ । र यी कारणहरु प्रति असन्तुष्टि जनाउदै नेपाल कम्युनिष्ट पार्टी वराहक्षेत्र नगर सदस्य , नगर सचिवालय सदस्य र नेकपा पार्टीवाट राजिनामा गर्छु ।’’
भरौलमा जनप्रिय रहेका अधिकारी २०५४ सालको स्थानीय तहको निर्वाचनमा साबिक भरौल गाउँ बिकास समितिको १ नम्बर वडाको अध्यक्षमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित भएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनी तत्कालीन नेकपा एमालेवाट वराहक्षेत्र नगरपालिकाको वडा नं ५ को अध्यक्ष पदमा प्रचण्ड मतको अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गर्दै बिजयी बनेका थिए ।
सभा सम्मेल , कार्यक्रम भन्दा पनि काम गर्न रुचाउने अधिकारले बुधवार, बिहिवार र शुक्रवार आयोजना भएको छैठौं नगर सभामा एउटै पार्टीबाट निर्वाचित मेयर निलम खनालले नजिकका मान्छेलाई हेरेर बजेट दिने गरेको, वडाहरुमा समानुपातिक बजेटको निकासा नगरेको, घर धाएर चाकडी गर्नेलाई बजेट दिने गरेको आरोप लगाउदै नगरसभा बहिष्कार गरेका थिए । गत २०७६ सालको जेठ ३० गते डेङ्गु नियन्त्रणको बिषयमा ध्यानआक्रषण गराउन गएका नेपाली कांग्रेस वराहक्षेत्रको टोलीले वडा नं ५ सन्दर्भमा प्रश्न गर्दा मेयर खनालले वडा अध्यक्ष अधिकारीलाई त्यहाका वडावासीले साडे बनाएको भनेर जबाफ दिएका थिए । त्यो मेयरको जवाफलाई वडा अध्यक्ष अधिकारीले अब्यहारिक शब्द भन्दै मेयरको जवाफको आलोचना समेत गरेका थिए ।