विराटनगरः अविरल वर्षासँगै परेको चट्याङले मोरङमा एक जना वृद्धको मृत्यु भएको छ । सुनवर्षी नगरपालिकाका–५ रमनपुर टोलका ७० वर्षीय महादेवलाल दासलाई बिहीबार दिउँसो चट्याङ लागेको थियो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आफ्नै खेतमा धान रोपिरहेको अवस्थामा दासलाई चट्याङ लागेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।