धरानः धरान उपमहानगरपालीकाका ७५ वर्ष माथिका ५७ जना दलित समुदायका बृद्धाबृद्धहरु सम्मानित भएका छन । दलित विकास समितिले लक्षित वजेट अन्र्तगत आज धरान न ८ स्थित परिवार सेवा समाजको हलमा कार्यक्रम गरि सम्मान गरेको हो ।
कार्यक्रममा ७५ वर्षदेखी ९८ वर्षसम्मका व्यक्तिहरु सम्मानित भएका छन । दलित विकास समिति धरानका संयोजक किशोर परियारको अध्यक्षता भएको कार्यक्रममा प्रदेश नं. १ संसाद उमिता वराईलीको प्रमुख आथित्यमा भएको थियो भने कार्यक्रम संञ्चालन समितिकी सदस्य सकुन्तला भुसालले गरेकी थिइन ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमसख अथिति संसद वराईलीले भनिन्, प्रदेश सरकारले दलित शसक्तिकरण ऐन ल्याउने,प्रदेशमा दलित एकिकृत सग्रालय बन्ने, दलित तथा बिपन्न बिधार्थीलाई प्रोत्साहन गरिने वताइन ।
कार्यक्रममा स्वागत मन्तव्य समितिका सदस्य तारा लामगादेले राख्दै भने बुढेसकालमा अझ धेरै सम्मानका साथ बाँच्नुपर्छ भनी मनोबल बढाउन र जेष्ठ नागरिकहरूको सम्मान गरी आत्मबल वृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सदस्य सचिव लामगादेले बताए । हामीले तीस जनता सम्मको व्यवस्थापन गरेका थियौ तर सूचना प्रकाशित गरेपछि ५७ जनाको नाम आएपछि सबैलाई सम्मान गरेको वताएका छन । कार्यक्रम दलित विकास समितिका सदस्य सकुन्तला तिखत्री भुषालले सञ्चालन गरेकी थिइन् ।
। कार्यक्रमको उद्घाटन प्रमुख अथिति वराईलीले फुलमा पानी हालेर र सम्मान हुने मध्येका सबैभन्दा धरै उमेरकी ९८ वर्षिया धरान ८ की अम्विका बिश्वकर्मालाई खिर खुवाएर गरेकी थिइन । सम्मानित व्यक्ति अम्विका बिश्वकमाले भनिन कार्यक्रममा सहभागी धरान–८ की ९८ वर्षीया अम्विका विश्वकर्माले आफूले जीवनमा कुनैपनि सम्मान नथापेको तर जीवन अस्ताउने बेलामा आफूलाई सम्मान गरेको देख्दा अझ धेरै बाँच्ने आशा पलाएको बताइन् । कार्यक्रममा सम्मान–पत्र र खदाले सम्मानित गरिएकोे थियो भने एकएक थान छाता र लौरो दिइको थियो । कार्यक्रममा सम्मानित हुने सबै व्यक्तिले खुसि व्यक्त गरेका थिए ।
कार्यक्रममा दलित समुदायका अगुवाहरू प्रतापप्रकाश ल्वागुन, दिलबहादुर रामदाम, रमेश गजमेर, लालबहादुर सिन्च्युरी, गंगा कालिकोटे, लक्ष्मण दास, सुमन गहतराज, सावित्रा परियार, नरमाया परियार, मणिराज सुनाम, सुनिता सेन्च्यूरी, रेणुका विश्वकर्मा, बलिन्द्र बराइली, दिनेश गजमेर, अनिता रसाइली, खिलानाथ कोइराला, बिनोद रसाइली, हर्कराज चर्मकार, नर्वदा दास लगायतको आतिथ्यता रहेको थियो ।