संखुवासभाः संखुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडामा पर्ने ओयाङ्गमा पहिरो खसेपछि अरुण नदी आशिंक रुपमा थुनिएको छ । आइतबार गएको पहिरोले एक परिवारका ७ जना विस्थापित भएका छन् ।
आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर २ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिन पुगेको हो । करिब ६ सय मिटर माथिबाट झरेको पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको छ । संखुवासभाका प्रहरी निरिक्षक सन्तोषकुमार राई  जानकारी दिए । राईका अनुसार जोखिम कम रहेकाले डराई हाल्नु पर्ने अवस्था भने नरहेको बताए । 
नदी थुनिन पुग्दा जोखिममा पर्न गएको प्रकाश राईको परिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिसकेका छौं । हिरालाल राई र तिर्थ राईको गोठ पनि जोखिममा पर्न सक्ने देखिएकाले स्थानन्तरणको तयारी भइरहेको छ ।’
‘जोखिममा रहेका घरमा क्षति पुगेको छैन । तैपनि राईको परिवारलाई सुरक्षित स्थानमा लगिसकेका छौं,’ उनले भने, पहिरोका कारण नदीमा पानीको सहत बढेमा च्याक्से डाँडामा रहेका ५र ७ घर जोखिम पर्न सक्ने अवस्था छ । त्यसैले त्यहाँ पनि सुरक्षा सतर्कता बढाएका मल्लको भनाई छ ।’ घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको उनले बताए ।
यता जिल्ला प्रशासन कार्यालय धनकुटाले उक्त बाढीबाट जिल्लाबासीहरुमा सुचना जारी गरी सुरक्षित रहन आग्रह गरेको छ । जिल्लाको पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिका, सहिदभूमि गाउँपालिका, साँगुरीगढी गाउँपालिकाका विभिन्न वडाहरु खत्रामा रहेकाले उक्त स्थानका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ । प्रशासनले उक्त घटनाबाट जोगिन अरुण नदिमा पौडि खेल्न, माछा मार्न, नदि किनारमा नजान समेत जिल्लाबासीमा अनुरोध गरेको छ ।