धरानः रुपान्तर नेपालको आयोजना तथा प्रदेश नंं १ को निर्वाचन क्षेत्र विकासको सहयोगमा धरानका संचारकर्मीहरुलाई कसरी तनाव व्यवस्थापन गर्ने भन्ने विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको कार्यक्रmममा प्रदेश नं १ का सभामुख प्रदिप भण्डारी प्रमुख अथिति रहेका थिए भने रुपान्तर नेपालकी अध्यक्ष सविता राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रमुख अथिति भण्डारीले कार्यक्रमलाई सम्बोधन गर्दै भने कोभिड १९ को सन्दर्भमा जोखिममा रहेका संचारकर्माहरूको तनाब ब्यवस्थापन गर्न कार्यक्रमले सहयोग गर्ने बिचार ब्यक्त गरे। कोरोना भाइरस संक्रमण झनझन बददै गएकाले अझ बढि सचेत हुनु पर्ने अवस्था छ । तर हामीले लापारवाही गरिरहेका छौ ।
सामाजिक दुरी भनिए पनि हामीले भौतिक दुरी कायम गरेर सावधानी अपनाउनु पर्ने कुरामा भण्डारीले जोड दिएका थिए । उनले थपे लकडाउन खुकुलो भएपछि कारोना भाइरसको चुनौती बढिरहेको छ यसको रोकथामका लागी प्रदेश सरकारले जस्तोसुकै कदम पनि चाल्ने प्रतिबद्धता जनाएका छन । ।
रूपान्तरण नेपाल को आयोजना गरिएको ३० जना संचारकर्मीहरूको सहभागीता रहेको कार्यक्रममा विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका प्रवक्ता तथा मनोविद डा। निदेश सापकोटाले सहजीकरण गेरेका थिए । उनले तनाव के हो रु तनाव व्यवस्थापन किन गर्ने, तनावका लक्षण, तनाव व्यवस्थापनका उपायहरूका विषयमा जानकारी गराएका थिए ।

कोरोना संक्रमणको कारण पत्रकारहरूमा परेको असर कस्तो छ, रिपोर्टिङ गर्दा परिवारमा हुने त्रासदी सबैको तनाव कसरी व्यवस्थापन गर्ने विषयमा अन्तकृया आयोजना गरीएको संस्थाकी अध्यक्ष सविता राईले वताइन् । ् अभिमुखिकरणमा सैदान्तीक भन्दा बढी व्यवहारीक रूपमा तालिम गराइएको उनले बताइन । कार्यक्रममा सहभागिका तर्फबाट नेपाल पत्राकार महासंघका उपाध्यक्ष सन्तोष काफ्ले बोलेका थिए ।