धरानः उपमहानगरपालीका वडा नंं. धरान ८, १६, र १९ खहरे किनाराका नागरिक आ.व ०७६÷०७७ मा नगरसभाबाट वार्षिक नीति तथा कार्यक्रममा आफ्नो क्षेत्रमा पर्ने खहरे करिडोर निर्माणका लागी वजेट विनियोन हुदा उत्साहित भएका थिए । विडम्वना कोभिड १९ का कारणले योजना कार्यन्वयन हुन सकेन ।
धरान उपमहानगरपालिकाले आ.व ०७६/०७७ मा धरानको विकासका लागि नगर गौरवका योजनाहरु बीस वटा रहेका थिए । गत फागुन २ र ३ गतेको छैँठौ नगरसभाले परिमार्जन गर्दै पन्ध्र वटा बनायो । यीमध्ये चालु आर्थिक वर्षमा सम्पन्न हुने अवस्थामा एउटामात्र योजना रहेको छ । उक्त भाग्यमानी योजनामा वडा–२ मा पर्ने देशीलाइन सडक निर्माण परेको छ । आर्थिक वर्ष समाप्त हुन लाग्दा नगर गौरवका अन्य योजनामध्ये पाँच वटा सम्झौता भएर संचालन हुने अवस्थामा छन् । यसैगरी छ वटा योजनाहरु बोलपत्रमा सूचना प्रकाशन भइ मुल्याङ्कनको चरणमा रहेका छन भने तीन वटा योजनाहरुको बोलपत्रमा सूचना नै प्रकाशन हुन सकेको छैन । यसरी उपमहानगरका गौरवका योजनाहरु अगाडी बढ्न नसक्नु बिश्ववयापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण प्रभाव नेपालमा पर्नु पनि हो ।
उपमहानगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ को विकास निर्माणकालागि नगर गौरवका तथा वडा स्तरीय योजनाका लागी कुल ८५ करोड ५३ लाख ९१ हजार रुपौयाँ वजेट विनियोजन गरेको थियो । त्यसमध्ये नगर गौरवका योजनाकालागि ६५ करोड ५३ लाख ९२ हजार र वडा स्तरीय विकास निर्माणका लागी २० करोड वजेट विनियोजन गरेको थियो ।  लेखा शाखा प्रमुख भेषराज अधिकारी भन्छन्–‘विकासको लागि छुट्याइएको कुल रकममध्ये ३३ करोड ५३ लाख ८२ हजार मात्र खर्च भएको छ । यो कुल वजेटको ३९.३९ प्रतिशत मात्र हो ।’

20200620_083917
धरान उपमहानगर क्षेत्रको चिनारीमा महत्व राख्ने गौरवका योजनाहरु कार्यन्वयन हुन नसक्नुमा कोभिड–१९ बाट बच्नको लागी नेपाल सरकारले लगाएको लकडाउन हो । उपमहानगरपालिकाका लेखा प्रमुख भेषराज अधिकारीकाअनुसार राजस्व संकलनको मुख्य समय आर्थिक वर्षको अन्तिम चौमासिकको समयमा लकडाउन भएपछि राजस्व संकलनमा प्रभावित बन्यो । उपमहानगरपालिकाको आन्तरिक राजस्व संकलनमा ६ करोड ५० लाख रुपैयाँ गिरावट आएको बताउँदै लेखा प्रमुख अधिकारी भन्छन्–‘लक डाउनकै कारण प्रदेश सरकारबाट आउने अनुमानित वजेटको १३ करोड कटौती भयो भने सङ्घीय सरकारबाट उपलब्ध गराउने भनिएको अनुमानित २६ करोडमा ११ करोड मात्रै आयो ।’ अधिकारीकाअनुसार लक डाउनले शसर्त वजेट पनि प्रभावित भएकोले गौरवका योजनामा विशेष प्रभाव परेको हो ।
नगरको गौरव आयोजनालाई कोरोनाले त प्रभाव पार्यो नै कोरोनाभन्दा अगाडि पनि उपनिर्वाचनको आचार संहिताले यसलाई प्रभावित बनाएको थियो । धरानको हकमा उपनिर्वाचन हुँदा आचार संहिताअनुसार योजना कार्यन्वयनलाई रोक्नु परेको थियो । धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी भन्छिन् –‘आचार संहिताले गर्दा पनि केही योजना कार्यन्वयनलाई प्रभावित बनायो ।’ योजनाहरु वजेट भएर पनि काम गर्न नपाएर रोकिएको बताउने उपप्रमुख भन्छिन्–‘केही योजनाहरु काम गर्न नपाएर रोकिए पनि धेरै योजनाहरु अनुमानित विनियोजित वजेट प्राप्त नहुनु, आन्तरिक राजस्व पनि घट्नु, भएको पूँजी कोरोना व्यवस्थापन गर्न लगाएकोले वजेट अभावले गर्दा रोकिएको हो ।’
कोरोनाले नगर गौरवका योजनामात्र होइन वडा स्तरीय योजनालाई पनि प्रभावित पारेको छ । वडाका ३ सय २८ योजनामध्ये सम्पन्न हुन बँकी अन्ठानब्बे वटा योजनाहरु रहेका छन् । यसैगरी कोरोना कै कारण विगतको क्रमागतरुपमा आएको ४२ वटा विकास निर्माणका योजनामध्ये २ वटा योजनाहरु चालु आर्थिक वर्षमा पनि सम्पन्न नहुने अवस्थामा रहेको योजना शाखाका अधिकृत किरण भुजेलले दिएका छन ।

20200620_083651
धरानको आन्तरिक राजस्व संकलन २५ करोड प्रक्षेपण गरिएकोमा कोभिड–१९ का कारण १३ करोड मात्र सङ्कलन भएको छ । यो लकडाउनको समयमा मात्रै राजस्व संकलनमा ६ करोड ५० लाख रुपैयाँ गिरावट आएको छ । नगरमा भएको वजेट पनि कोरोनाको व्यवस्थापनमा खर्च गर्नु पर्ने भएकोले विकास निर्माणका कार्यलाई प्रभावित भयो । धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी भन्छिन्–‘कोरोनाको कारण चालु आर्थिक वर्षको विकास निर्माणमा त प्रभाव प¥यो नै यसले आगामी दुई–तीन आर्थिक वर्षसम्म प्रभाव पर्न सक्छ ।’
लकडाउनले व्यवसायिक तथा उत्पादनका क्षेत्रमा नकरात्मक असर पारेको बताउदै त्रिभुवन बिद्यालय अर्थशास्त्र विषयका उप–प्राध्यापक सिता खतिवडा भन्छिन्–‘विकास खर्च नभएपछि आर्थिक बृद्धि पनि घट्न जान्छ जसले गर्दा बेरोजगारी, गरिबी बढ्न जान्छ, ।’ त्रिभुवन बिश्वविद्यालय व्यवस्थापन संकायका सह–प्राध्यापक राजेन्द्र शर्मा पनि धरानको विकासमा तीन महिना लकडाउनको प्रभाव दुई वर्षसम्म पर्ने बताउदै भन्छन्–‘विकास निर्माण नहुदा पूजीगत खर्च नहुने, जसले उत्पादनमा असर पर्ने र पूजी निर्माणमा गिरावट आउछ । यो चक्रले पुनः विकास निर्माणमा प्रभाव पर्छ ।’

आ.व. ०७६/०७७ को नीति तथा कार्यक्रममा समेटिएका नगर गौरवका आयोजनाहरुः

सम्पन्न हुने
वडा नं २, देशी लाइन सडक निर्माण
११,८६,८१३ भ्याट सहित
संचालित आयोजनाहरुः
वडा नं १४, रेडक्रसदेखी विजयपुर चोक सडक निर्माण
रु २,९२,७४,१२० भ्याट बाहेक
वडा नं१४, विजयपुरदेखी बुढासुब्बा चोक सडक निर्माण
रु २,१७,०८,४ ३० भ्याट सहित
वडा नं १६, तारा सुब्बा स्मृति पार्क
रु ५४,४९,३७२ भ्याट सहित
वडा नं १३, विज्ञान पार्क
रु २,८४,६११ उपभोत मार्फत
वडा न १३, फुस्रे चोक सौन्दर्यकरण
रु १८,६३,९०२
बोलपत्रमा सूचना प्रकाशन भइसकेका आयोजनाहरुः
वडा नं ३, जाल्पा रोड बिनियोजित
रु २०००००००
वडा नं ११, चतरा लाइन स्वस्तिका चोक मंगलबारे सडक ढल निर्माण
रु ६,९२,७७,३३२
वडा नं ८, नमुना बस्ती निर्माण बिनियोजित
रु ४,००,००,०००
वडा नं २र३, माछाभौडी पार्क बिनियोजित
रु ८०,००,०००
वडा नं १५, सहिद मार्ग सडक निर्माण बिनियोजित
१०००००००
वडा नं १८, शिवमार्ग पार्क
रु १२,६३,०२४ भ्याट सहित
बोलपत्र सूचाना प्रकाशनको चरण रहेका आयोजनाहरुः
वडा नं ८, सभागृह पुन निर्माण बिनियोजित
१,००,००,००० सूचना नगरिएको
वडा नं ८, १६, र १९, खहरे करिडोर निर्माण विनियोजित
रु ६,१६,१५,९८२
वडा नं ११, रेल्वे चौक सौन्दर्यकरण बिनियोजित
रु १,७५,००,०००

20200619_164452