बेलबारीः कृषकहरुका हितमा काम गरिरहेको बेलबारी नगरपालिकाले लकडाउनका बीचमा पनि निरन्तर काम गरिरहेको छ। कतै उन्नत जातका बीउ विरुवा लगायत यन्त्र उपकरण वितरण गरिरहेको नगरपालिकाले निशूल्क प्राविधिक सीपसमेत प्रदान गर्दै आएको छ। यसै क्रममा आज वडा नं ४ मा प्रगति महिला समूहले सुरु गरेको अर्गानिक करेला खेतीको समापन गरेको छ।नगरपालिकाका प्रमुख उपप्रमुखसहितको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरुले आफूहरुलाई सहयोग गर्ने नगरपालिका,प्रमुख ,उपप्रमुख र कृषि शाखालाई हृदयदेखी नै धन्यवाद दिए।

104409645_3586670548026968_5596425346523422742_n

नगरपालिकाले आयोजना गरेको बीउ वितरण एवम् प्राविधिक सीप प्राप्त गरेपछि आफूहरुलाई आत्मनिर्भर बन्ने हिम्मत जागेको समूहकी अध्यक्षले बताइन्। बेलबारी ४ स्थित प्रगति महिला समूहले अर्गासनक तरकारी उत्पादन गरि मनग्गे आम्दानी लिइरहेको छ। किसानहरुले उत्पादन गरेका तरकारी बारीमा बेलबारी नगरपालिकाका नगर प्रमुख तथा उप प्रमुख पुग्दा सिङ्गो समूह हर्षित देखिन्थे। समूहका दिदीबहिनीहरुलाई धन्यबाद दिदै नगर प्रमख ज्ञानेन्द्र सुवेदीले सामुहिक खेति गर्नेहरुलाई नगरपालिकाले सहयोग गर्ने बताए ।कार्यक्रममा बोल्दै उपप्रमुख ढाका पराजुलीले मिहिनेती दिदीबहिनीहरुको साहस उर्जा र उत्साह ओइलाउन नदिने गरि नगरपालिकाले बीउबीजन र लगानीसहित प्राविधिक सीप प्रदान गर्ने बताइन् ।

 

104430079_548928822451087_8187255167676720555_n