इटहरीः पर्यटकिय गाँउपालिकाको रुपमा परिचित धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजङ्ग याखाले आव ०७७/०७८ को वजेट विनियोजन गर्दा आफुखुसी गरेको जनाउँदै हिजो ३ वटा वडाअध्यक्षहरुले अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
वडाअध्यक्षहरुसंग छलफल नै नगरि गाँउपालिका अध्यक्ष आफ्नो अनुकुल आउँदो आर्थिक बर्षका लागि वडाहरुमा २० लाख मात्र सिलिङ बजेट तोकेपछि वडाअध्यक्षहरु ऋाक्रोशित भएका हुन् । चालु आर्थिक बर्षका लागि गत बर्षको परिषद्बाट प्रत्येक वडालाई प्रति वडा ५० लाख रुपयाँको दरले वजेट विनियोजन गरिएको थियो । तर आउँदो आर्थिक बर्ष ०७७/०७८ को लागी प्रति वडा २० लाख रुपयाँको दरले वजेट विनियोजन गरिएपछि विवाद उत्पन्न भई वडाअध्यक्षहरु नै आफ्नै गाँउपालिकाका अध्यक्षको कार्यकक्षमा तालबन्दी गर्नसम्म पुगेका हुन् । साँगुरीगढी गाउँपालिकाका वडा नं.४ का वडाध्यक्ष खड्ग वहादुर लिम्वु, वडा नं.५ का वडाध्यक्ष पलकवहादुर वस्नेत र वडा नं.६ का वडाध्यक्ष यमप्रकास मगरले आव ०७७/०७८ को वजेट विनियोजन प्रति असन्तुष्टि बिहिबार संयुक्त रुपमा अध्यक्ष कुमारजंङ्ग याखाको कार्यकक्षमा तालावन्दी गरेका छन् ।
साँगुरीगढी गाउँपालिकाका अन्तर्गतका वडा नं.४, ५ र ६ का वडाध्यक्षहरुले विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर आव ०७७/०७८ को वजेट विनियोजन प्रति असहमति समेत जनाएका छन् । गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालावन्दी गर्नु अघि आयोजना गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा चालु आवको वजेटलाई हेर्दा पनि वजेट १२ करोड भन्दा वढी रहे पनि कोरोनाको कहर देखाउँदै वजेट गाउँपालिका केन्द्रित गरेको आरोप लगाएका छन् । जम्मा १० वटा वडामध्ये तिन वडाका वडाध्यक्षहरुले वजेट विनियोजनको विषयमा चित्त नवुझेको भन्दै पुनःविचार गर्न गाउँपालिकाका उपाध्यक्ष बिन्द्र राईलाई ज्ञापन समेत वुझाएका छन् । अध्यक्ष भने गाउँपालिका कार्यालयमा अनुपस्थित् रहेका थिए ।
गाउँपालिका उपाध्यक्ष ब्रिन्दा राईले वडाध्यक्ष ज्यूहरुको असन्तुष्टीप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आपसी छलफल र समझ्दारीको माध्यामबाट समस्याको सामाधान गर्ने बताए । उनले अध्यक्ष कुमारजंङ्ग याखालाई ज्ञापन पत्रका विषयमा जानकारी गराएर २ दिन भित्रमा समश्याको सामाधान दुवै पक्ष वसेर गर्ने बताए । आव ०७७/०७८ को वजेट कार्यक्रमको लागी कार्यतालिका सार्वजानिक गरे पनि प्रक्रियात ढंगले वजेटको नीति तथा कार्यक्रम अघि नवढाएको र असार ३ गते एक्लौटी ढंगले छलफल नै नगरी वजेट सार्वजानिक गरेको वडाध्यक्षहरुको आरोप छ । तालाबन्दी गर्दा पनि आफुहरुको माग पुरा नगरे प्रत्येक वडाहरुबाट जनताहरु ल्याएर गाँउपालिका कार्यालयका धर्ना दिनुका साथै सडकमा आन्दोलन चर्काउने चेतावनी असन्तुष्ट वडाअध्यक्षहरुले दिएका छन् ।