इनरुवाः इनरुवा नगरपालिकामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले बिग्रीएको दमकल मर्मत सम्भार गर्न र इन्धनमा छुट्टा छुट्टै शिर्षकमा नगरसभाबाट बजेट विनियोजन भएको बताएका छन ।
बुधवार इनरुवा नगरपालिकाका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा गत साउन महिनामा भएको नगरसभाबाट सवारी साधन मर्मत सम्भार र इन्धन खर्च वापत छुट्टा छुट्टै शिर्षकमा रकम खर्च गर्न विनियोजन गरेको जानकारी दिईएको हो ।
पत्रकार सम्मेलनमा नेकपाका संसदिय दलका नेता तथा इनरुवा ३ का वडाअध्यक्ष कालुराम गुरुङले भने सवारी साधन मर्मत सम्भार तर्फ नगरसभाबाट ७६ लाख रकम खर्च गर्न नगरप्रमुखलाई अख्तीयारी दिएकाले बिग्रेको दमकल बनाउन कार्यपालिकाले रोक नलगाएको बताए ।
वडाअध्यक्ष गुरुङले भने यसै गरि सवारी साधनका लागी इन्धन तर्फ नगरसभाले पदाधिकारी र कार्यालय प्रयोजनका लागी फरक फरक शिर्षकमा १ करोड बढी रकम खर्च गर्नका लागी छुट्टाएकाले तेल अभावमा नगरपालिकाका कुनै सवारी साधन रोकेर राख्नु पर्ने अवश्था नभएको बताए ।
गुरुङले भने दमकल बाहेकका सवारीसाधनहरु मर्मत सम्भार र इन्धन हाल्नका लागी कार्यपालिका नचाहीने अत्यावश्यक सेवाको दमकल कन्डीसन अवश्था राख्न र आगलागी हुने वित्तिकै घटना स्थलमा पठाउन नकसेर गल्ती भएपछि सर्वसाधरणहरुले चौतर्फी विरोधका आवाजहरु उठाउन थालेपछि दोष नगरकार्यपालिका माथी थोपार्ने कार्य ठिक नभएको बताए ।
इनरुवावासीहरुलाई भ्रम सृजना हुने गरि सत्य तथ्य भन्दा बाहिर गएर दमकल खरिद गर्न नगरकार्यपालिकाले रोकेको, नदिएको जस्ता काल्पनीक आरोप लगाउनु गैरजिम्मेवारी कार्य भएको भन्दै वडाअध्यक्ष गुरुङले भने नगरप्रमुखबाट आजसम्म कार्यपालिका बैठकमा दमकलको अवश्थाका बारेमा जानकारी नगराउनुका साथै नयाँ दमकल खरिद समबन्धी प्रस्ताव समेत नआएकाले भ्रामक, झुठ्ठा, आधारहिन आरोप लगाएर पन्छीन खोज्नु पदिय मर्यादा विपरित भएको बताए ।
कार्यपालिका सदस्य कैलाश पंचारियाले भने इनरुवा बजारमा जेठ ३२ गते आगलागी भएपछि मात्र आफुले दकमल बिग्रेको जानकारी सुरक्षाकर्मी मार्फत पाएकाले नगरकार्यपालिका माथी दोष थुपारेर जिम्मेवारी पन्छीन खोज्ने प्रवृति लोकतन्त्र प्रति विश्वास राख्नेहरुका लागी कदापी सुहाउने बिषय नभएको बताए।
कार्यपालिका सदस्य पंचारियाले भने स्थानिय तह ऐन र नियमावली अनुसार नगरपालिकाको दैनिक प्रशासन र कार्यालय सञ्चालनको जिम्मेवारी सम्बन्धीत फाँट, प्रमुख प्रशासकिय अधिकृत र मेयरको अधिकार जिम्मेवारीको बिषय भएकाले नगरपालिका भित्र रहेका सवारीसाधनहरु कहाँ कुन अवश्था छन तिनीहरुको संरक्षण रेखदेख र परिचालन को बाट हुन्छ?
इनरुवावासीहरुलाई जानकारी भएको बिषय भएकाले समाजिक सञ्जाल मार्फत बदनाम गर्ने गराउने, आरोप प्रत्यारोप लगाउने कार्य गर्दा नेतृत्वमा रहेका व्यत्तीहरुले बहुमतलाई दोष देखाएर पन्छीने प्रवृति गलत भएको बताए ।
पत्रकार सम्मेलनमा वडाअध्यक्ष श्यामदेव मेहता, नगरसभा सदस्य सरोज बराल लगायतले सामाजिक सञ्लाज र अनलाईन मिडियामा भ्रामक सुचना सम्प्रेषण गरेर नगरपालिकाको नेतृत्वले आफुले गरेका गल्तीलाई ढाकछोप गर्न अरुलाई दोष देखाउने कार्य विधि र कानुनको शासनमा सुहाउने कुरा नभएको बताए ।
नेकपा इनरुवाको संसदिय दलले जारी गरेको यस्तो छ विज्ञप्ती
२०७७ साल जेठ ३२ गते आइतवार बिहान भएको आगलागीको घटनाबाट हनुमान अटल, प्रितम अटलको स्वामित्वमा रहेको हनुमान बस्त्रालय, छत्रबहादुर थापाको घरमा भाडा लिएर बसेका सृजना फाईनान्स, कपिल टेलर्स, सन्तोषी हार्डवेयरको नेरोल्याकका पेन्ट्सको गोदाम र राजेश साहको रेडिमेड कपडा स्र्टोरसहित घर पुर्ण रुपमा आगलागीबाट जलेर नष्ट हुदाँ करोडौको धनमाल र घर क्षती हुनु र पशुपती इम्पोरियम र बालाजी स्र्टोरका मालसामान आगलागीबाट जोगाउन ओसारपसार गर्ने क्रममा बाहिर निकाल्दा हानी नोक्सानी भएको घटना प्रति हामी दुखः व्यक्त गर्दछौ ।
बारुणयन्त्र बिग्रीएर मर्मत सम्भारका लागी ग्यारेजमा थन्कीदा नगरक्षेत्र बारुणयन्त्र बिहिन अवश्थामा भएको समयमा आगलागीको घटना हुदाँ तत्काल बारुणयन्त्र घटनास्थलमा पुग्न नसक्दा करोडौको नोक्सानी हुन गयो ।
यस घटनाभन्दा अगाडीसमेत इनरुवा नगरक्षेत्रमा आगलागीको घटना हुदाँ बारुणयन्त्र नभएको अवश्थामा हामीले सर्वसाधरणहरुको धनमाल जोगाउन र समयमा आगो नियन्त्रणमा लिन सकेका थिएनौ ।
लकडाउनको अवधी भन्दा अगाडी नै ग्यारेजमा मर्मतका लागी थन्कीएको बारुणयन्त्र बनाएर नगरपालिकाका स्टेण्ड वाई राख्न नसक्नु इनरुवा नगरपालिका नगरकार्यपालिकाको दैनिक कार्यालय प्रशासन सञ्चालन गर्ने जिम्मेवारी पाएका व्यत्तीहरुले जवाफदेही हुनु पर्ने दायित्व हो ।
बजारक्षेत्रको दुखःद घटनापछि सामाजिक सञ्जाल तथा विभिन्न अनलाईन मिडिया र सडकमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा र नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने हामी नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु प्रति नेपाली काग्रेसका जिम्मेवार नेता कार्यकर्ताहरुले झुठ्ठा लाञ्छना लगाउदै सार्वजनिक रुपमा गरेका टिका टिप्पणीहरु प्रति नेकपा इनरुवा संसदिय दलको गम्भीर ध्यानआकृष्ट भएको छ ।
बहुमतवाला दल र बहुमत जनप्रतिनिधिहरु भन्दै हामी वडाअध्यक्ष र कार्यपालिकाका सदस्यहरुलाई बदनाम गराउने नियतले तिन चारदिनदेखी यसरी हुदै आएको झुठ्ठा, भ्रामक, कपोकल्पीत, तथ्यहीन र निराधार आरोप लगाउने नेपाली काग्रेसका नेता कार्यकर्ताहरुले आफनो शरिरको माथी आकाश तर्फ फर्केर थुक्दा थुकको छिटा पुनः आफनो अनुहारमा आउछ भन्ने दृष्टान्तलाई बिर्सेर अरुको अनुहारमा थुकेको भन्ने सोचाई राख्नु कसैको हितमा हुदैन ।
नेकपाको बहुमत नगरसभा र नगरकार्यपालिकामा भएको सर्वविदितै छ । स्थानिय तह संञ्चालन ऐन, नियममावली, निर्देशिकाले नगरपालिकाको दैनिक प्रशासन, रेखदेख र कार्य सञ्चालन गर्ने जिम्मेवारी कस्लाई दिएको छ भन्ने हेक्का राख्न जरुरी देखिन्छ ।
कार्यपालिकाको नियमित बैठकमा जाने प्रस्तावहरु उपर छलफल गरि निर्णयमा सहभागी हुने, नगरसभाको बैठकमा सहभागी हुने र निर्णयहरु पारित गर्न छलफल गरि प्रस्ताव पारित गर्ने बाहेकका कामहरु वडाअध्यक्ष र कार्यपाकिलाका सदस्यहरुको जिम्मेवारी भित्रको बिषय नभएको कुरा सर्वविदित रहेकै छ ।
हामी इनरुवा नगरपालिकाको कार्यालय जादाँ विभिन्न फाँट र नगरप्रमुखको कार्यकक्षमा सामुहिक रुपमा बस्ने बाहेक हाम्रो कार्यकक्ष नगरपालिका भित्र नहुने र हामीले त्यहाँको दैनिक तथा अन्य कुनै कार्यसम्पादन गर्न तोक आदेश र निर्देशन समेत दिन नपाउने कानुनी अधिकारका बारेमा नगरवासीहरुलाई जानकारी भएको कुरा हो ।
हामीले अहिलेको स्थानिय तह कानुन अनुसार वडा कार्यालय सञ्चालन र नगरसभाबाट वडामा विनियोजित भएको बजेटको कार्याव्यन बाहेक सवै कार्यहरु नगरपालिकाबाटै हुदै आएको जानकारी गराउदछौ ।
नगरपालिकाको दैनिक कार्यलय सञ्चालनको जिम्मेवारी पाएका नगरप्रमुख निकट मानिसहरुबाट इनरुवावासीहरुलाई भ्रममा पार्ने गरि नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको राजनितिक जिवनलाई बदनाम बनाउने गरि इनरुवावासीहरुले लगाएको आरोपमा नेकपालाई दोष देखाएर पन्छीने परिपाटीको मुल्याङकन इनरुवावासीहरुले गर्नु हुने छ भन्ने अपेक्षा र विश्वास गर्दछौ ।
नगरसभाबाट पारित निती तथा कार्यक्रम र बजेटले सवारी साधन मर्मत सम्भार, इन्धन खर्चको खर्च गर्ने, नगरसभाको निर्णयहरुको कार्याव्यन गर्ने गराउने अधिकार नगरप्रमुखलाई दिएको हुदाँ इनरुवावासीहरुले आगलागीपछिको घटनामा नगरपालिकाप्रति आक्रोशित हुदै लगाएको आरोपलाई नेकपा र कार्यपालिकालाई दोष देखाएर गल्ती ढाकछोप गर्ने शैली लोकतन्त्र र विधि कानुनको शासनमा सुहाउने कुरा होईन ।
लोकतन्त्रमा नागरिकले आफुले निर्वाचित गराएका जनप्रतिनिधिहरुको विरोध गर्न पाउने संविधानले दिएको अधिकारलाई दवाउन खोज्नु मानवअधिकार र लोकतन्त्र प्रति विश्वास राख्नेहरुका लागी कदापी सुहाउने कुरा होईन ।
नगरवासीहरुले सार्वजनिक रुपमा माग गरेका कतिपय जायज सवाललाई सार्वजनिक रुपमा सत्य तथ्य र यर्थातमा आधारित भएर जानकारी गराउनु जनप्रतिनिधिहरुको प्रमुख दायित्व र जिम्मेवारी हो ।
सुचनाको अधिकारलाई कुण्ठीत हुने गरि जनताले आरोप लगाउने बित्तिकै अत्तालिएर जवाफ नदिई भाग्नु खोज्नु निरङकुश शैली भएको हुदाँ इनरुवावासीहरुले दमकल चाहीयो भन्ने मागलाई सम्बोधन गर्न इनरुवा नगरपालिकाको कार्यपालिकामा प्रतिनिधित्व गर्ने हामी नेकपाका निर्वाचित जनप्रतिनिधिहरु समर्थन जनाउदै बिग्रीएको दमकललाई यथास्रिध मर्मत गराएर ल्याउने प्रतिवद्धता जनाउदछौ । साथै हाल रहेको बारुणयन्त्रको विकल्पमा अर्को बारुणयन्त्र ल्याउनु पर्ने अवश्था भए ल्याउन समेत पछि नहटने प्रतिवद्धता जनाउदछौ ।