इटहरीः हिजो मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाइते भएकी इटहरी ४ निवासी एक बृद्धाको उपचारका क्रममा निधन भएको छ । इटहरी ४ निवासी ७५ बर्षीया बृद्धा फुलमाया मगरको उपचारका क्रममा निधन भएको हो ।
उनलाई औषधी बोकेको २० प ४४२ नम्बरको मोटरसाइकलले हिजो दिउँसो घरै अगाडी तालतलैया मार्गमा ठक्कर दिएको थियो । उनलाई तत्कालै उपचारका लागि बिराटनगर स्थित बिराट नर्सिङ होम लगिएको थियो । उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।