संखुवासभाः चैनपुर नगरपालिका वडा न १ नुनढाकीको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा अध्यक्षले वडा सचिवलाई दुव्र्यहार गरेको भन्दै नेकपा (नेकपा) वडा नंं १ वडा कमिटीले अनिश्चित कालिन तालाबन्दी गरेको हो ।
वडाध्यक्ष तथा सदस्यले वडा कार्यालयमा हाल कार्यरत वडा सचिव फुर्वासाङ्गे शेर्पालाई आर्थिक भ्रष्टाचारको झुठो आरोप लगाई सुनियोजित तवरले एक्कासि कार्यालयमा हुल हुज्जत प्रवेश गराई कर्मचारी उपर दुव्र्यहार गरेको भन्दै ताला बन्दी गरिएको छ । वडा कार्यालयको हाजिरी, कम्प्युटर तथा अन्य महत्त्वपूर्ण फाइलहरू वडाध्यक्ष लोक बहादुर श्रेष्ठले जफत गरि आफ्नो घरमा लगि प्रयोग गरेका छन् ।
वडा सचिव फुर्वासाङ् शेर्पा माघमा वडा कार्यालय हाजिर हुन पुगेका थिए । चैनपुर नगरपालिकाले शेर्पालाई वडा सचिवको जिम्मेवारी दिएपनि पहिले देखि काम गदै आएका अस्थायी कर्मचारी विर्ख राईले जिम्मेवारी हस्तान्तरण हालसम्म पनि गरेका छैनन् । स्थायी कर्मचारी हाजिर भैसक्दा पनि वडामा अस्थाई कर्मचारीको नै हालीमुहाली रहेको छ । चैनपुर नगरपालिकाले स्थायी कर्मचारी राईलाई बरबुझारथ गर्नु भनी लेखिएको दोस्रो पत्रलाई समेत वेवास्ता गरि बरबुझारथ नगराएको समेत नगरपालिकाले जनाएको छ ।

104047620_183963143053879_3268311249675482095_n
वडा अध्धक्षले कार्यलयको मोटरसाईकल वडाध्यक्षले बाख्रालाई घाँस ल्याउन, अलैंची बारी आउनजान प्रयोग गरि चरम दुरुपयोग गरेको पाईएको छ । साथै क्यारेन्टाइम व्यवस्थापन एवं राहत वितरणमा पार्टीगत विभेद गरेको हुँदा अनिश्चितकालका लागि वडा कार्यलय बन्द गरिएका विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यालयको इन्टरनेट डिभाइस वडाध्यक्ष आफ्नो निजि प्रयोजनका लागि प्रयोग गरेको नेकपाले आरोप लगाएको छ ।
वडा अध्यक्ष लोक बहादुर श्रेष्ठलले कसैलाई जानकारी नगराई घर भाडाको लागि कोटेशन आह्वानको मापदण्ड विपरितको घर भाडामा लिएको भन्दै स्थानीयले ताला लगाएको दीपक साउदले बताए । वडा अध्यक्ष लोक बहादुर श्रेष्ठले भने आफूले वडा सचिवले किर्ते कागज बनाएर नगरबाट पैसा निकालेका र उक्त विषयमा नगरपालिकामा समेत जानकारी दिईसकेको बताएका छन् । आर्थिक अनियमितता गरेको वडा सचिवलाई कानुनी कारवाही गरिनुपर्ने समेत वडा अध्यक्ष श्रेष्ठले बताएका छन् ।

102751052_3101780429937521_1585331507008966816_n