इटहरी नेपाल सरकारले आजबाट सबै सरकारी कार्यालयहरु खुला हुने भनेपनि प्रदेश सरकार अन्तगतको यातायात व्यवस्था कार्यालय सवारी इटहरी सोमबार भने सञ्चालनमा आएन ।

कार्यालयले एक सुचना जारी गर्दै सरकारबाट कार्यालय खुल्ने स्पष्ट निर्देशन नआएको भन्दै कार्यालयका निमित्त प्रमुख राजकुमार गुप्ताले कार्यालय सञ्चालन नहुने जानकारी दिएका छन् ।
गुप्ता द्धारा हस्ताक्षरित सुचनामा भनिएको छ, कार्यालयबाट प्रबाह हुने सेवाहरु, सवारी दर्ता, सवारी कर,सवारी नामसारी, लगायतका अन्य सेवाहरु सम्बन्धी स्पष्ट निर्देशन नभएकाले हाललाई यि सेवा उपलब्ध गराउन नसकिने भनि उल्लेख गरिएको छ ।
यातायात व्यवस्था कार्यालय सवारी हलगडा र लाइसेन्स सम्बन्धी सेवा प्रवाह गर्ने यातायात कार्यालय आपँगाछीमा सेवाग्राहीको अधिक भिड हुने कार्यालयहरु हुन् । लामो समय देखि कार्यालय नखुल्दा सेवाग्राही मारमा परेका छन् ।

yatayat-offcie