धरानः रुकुम पश्चिममा गत जेठ १० गते नवराज विक सहित ६ जनाको जातीय विभेदकै कारण हत्या भएको राष्ट्रि«य दलित पत्राकार संघ नेपालको स्थलगत अध्ययनले निष्कर्ष निकालेको छ । सो संघले जेठ २१ गतेदेखी २७ गते सम्म गरिएकाो स्थलगत अध्ययनले सो निष्कर्ष निकालेको हो ।
राष्ट्रिय दलित पत्राकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष गोपाल वराइलीको संयोजकत्वको टोलिले निकालेको प्रतिवेदन केन्द्रले शुक्रवार नै सार्वजनिक गरेको छ । सुनसरी शाखाले दलित अधिकारकर्मी , राजनीतिककर्मी , पत्रकार, समाजसेवी , न्यायप्रेमीहरुको उपस्थितिमा धरानको भानुचोकमा एक कार्यक्रम आयोजना गरी शनिवार सार्वजनिक गरेको छ । ७ पृष्ठ लामो प्रतिवेदनलाई राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्रदेश १ का सचिव रणध्वज लोहारले वाचन गरेका थिए। बाचन गर्दै लोहारले घटनाको जड अन्तरजातीय प्रेमसम्बन्ध नै रहेको दावी गरेका छन ।
कार्यक्रमको संम्बोधन गर्दै दलित अधिकारकर्मी गंगा कालिकोटेले जातकै कारण भुस्या कुकुरलाइ जस्तो खेदी खेदी मार्नेलाई कार्वाही नभए जस्तोसुकै कदम चाल्ने वताएका छन । सञ्चारमाध्यमहरुले कुनैपनि विषय र तथ्यलाई बंग्याउनुहुँदैन् । हाम्रो धर्म भनेको न्याय नपाएकहरुलाई न्याय दिने हो । पत्रकारहरु आवाजविहीनहरुको आवाजलाई मुखरित गर्ने पेशा भएकोले गलत, शोषण, अत्याचारविरुद्धको अभियन्तापनि भएकोले संघले तयार पारेको प्रारम्भिक प्रतिवेदनले हामी सबैलाइ उक्त घट्ना बारे सहि जानकारि दिएको भन्दै संघलाई उनले धन्यवाद दिए ।
कार्यक्रमको समापन गर्दै सुनसरी अध्यक्ष दिनेश गजमेरले संघले कसैको प्रभाव र सहयोग नलिईकन टोली स्वयम् घट्ना स्थलमै गएर घटनाको अध्ययन गरेको र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको स्पष्ट पारेका छन । प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रम लाई सन्चालन गर्दै , संघ का सचिव बिनोद दर्नालले नवराज बिक सहित ६ जनाको हत्याराले कुनै पनि राजनितीक दवाव या अन्य प्रलोभनमा परि कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए ।
नेपालभरीका दलित पत्रकारहरुले आफ्नो ठाँउबाट कलम चलाइ रहेको उनले बताए । अहिलेसम्म तीन वटा प्रतिवेदनमा जातीय विभेद कै कारण हत्या भएको निष्कर्ष निकाली सक्दा पनि राज्यले हत्याराहरुलाई सार्वजनिक गर्न नसक्दा कतै यो हत्याकाण्ड निर्मला पन्त, अजित मिजार जस्तै जस्तै हुने हो की भनेर मानव अधिकारकर्मी तथा दलित अधिकारकर्मी शसंकित हुन थालेका छन । यदी त्यस्तो घट्नालाई राजनितिक रंग दिई हत्यारा उन्मुतिm दिने काम सरकारले गरेमा सरकारको विरुद्धमा आन्दाोलन गर्न अहिले अधिकारकर्मीहरुले आन्तरिक तयारी समेत गर्न थालेका छन ।
प्रारम्भिक प्रतिवेदनको सार यस्तो छ
प्रारम्भिक प्रतिवेदन अनुसार घटना सुनियोजित तरिकाले षड्यन्त्रमूलक ढङ्गबाट भएकोले गहन तरिकाले अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ । सदस्यहरुमा संघका केन्द्रिय सदस्य भीम घिमिरे, संघका ५ नं प्रदेश अध्यक्ष चिन्ता परियार, अधिवक्ता बद्रीप्रसाद भुषाल, दलित अधिकारकर्मी गोपाल नेपाली ,संघका केन्द्रीय उपाध्यक्ष गोपाल बराइली संयोजक रहेको अध्ययन समितिले बिहीबार रिपोर्टर्स क्लब काठमाडौंमा पनि पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको प्रतिवेदनमा घटनामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानूनी कारवाही गर्नुपर्ने सुझाव दिएको छ ।यही जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जादै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ ।
मृतक नवराजसँगै अन्य पाँच जनाको पनि मृत्यु भएको थियो । प्रतिवेदनमा भनिएको छ, “यो जातीय विभेदकै कारण सामुहिक हत्या भएका कारण मृतक ६ जनालाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्छ ।” निष्पक्ष रुपमा छानविन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शनसमेत गर्दै आएको छन् ।अध्ययन टोलीको बृहत छलफल तथा अन्तरक्रियाका आधारमा सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर गरेको छ । प्रतिवेदनमा उल्लेख गरिएको निश्कर्षमा भनिएको छ,उक्त घटनाको जड अन्तरजातीय प्रेम रहेको कुरामा कसैले पनि नकार्न सक्दैन ।
जातका आधारमा घटित उक्त घटना पुर्व योजनाअनुसार चारैतिरबाट घेरेर, जाजरकोट जोड्ने कालेगाँउको पुलमा थुन्नुका साथै केही व्यक्तिहरु फुटबल खेल्ने निहुँमा भेरी पारी पुगेको देखिन्छ ।घटनाको प्रकृति, घाइतेहरुको भनाई, आफन्तहरुको भनाई, स्थानीय सरकार, नेपाल प्रहरी तथा घटनाको पृष्ठभूमि हेर्दा उक्त घटना नियोजित रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त हत्यालाई लकडाउन उलंघन गरेको तथा भागदौडका क्रममा आफैँ भेरीमा हाम फालेको वारदात कायम गराउने परिपञ्च स्वरुप आएको देखिन्छ । घटनाको जरिया जड अन्तरजातीय प्रेमसम्बन्ध नै देखिन्छ । जातीय विभेद तथा छुवाछूत कै कारण उक्त प्रेम सम्बन्ध अस्विकार्य भई सामुहिक हत्या भएको देखिन्छ ।