धरानः नेपाल सरकारको विरुद्ध नेपालभरि भएको आन्दोलनमा एक्यवद्धता जनाउदै धरानमा पनि ७ सयभन्दा बढि संख्यामा युवाहरु सडकमा उत्रिएका छन ।

सरकारले कोरोना विरुद्धको सामाग्री खरिद गर्दा १० अर्वको हिसाव किताव,राहत वितरण, एम सि सि , रुकुम हत्याकाण्डको निष्पक्ष छानविन, राष्ट्रपतीको कार्पेट खरिदकाण्ड लगायतका कुराहरुको विरोध गर्दै धरानका युवाहरु शान्तिपुर्ण रुपमा सडकमा आएका हुन । सो क्रममा धरानका बिभिन्न संघसंस्था तथा आफुलाई स्वतन्त्र बताउने युवाहरु स्वतस्फुर्त सडकमा आएर विरोध गरेका थिए ।     उनीहरले बिभिन्न चिकित्सकहहरुले पटकपटक स्वास्थ्यमन्त्री लाई पीसीआर बाहेक अर्को डाइग्नोक्सिस हुनै नसक्ने बताएको जिकिर गरे पनि सरकारले नसुनेर ब्यापक भ्रष्टाचारको जालो बुनिरहेको बताएका थिए । उनीहरुले लकडाउनको बाहाना बनाई सरकारले पीसीआर, आरडिटी र क्वारेन्टाइनको नाममा समेत भ्रष्टाचार गरेको बताएका छन ।

85166946_2947250995392240_8972067177219029355_n
सोही नाराको क्रमममा उनीहरुले राष्ट्र गानका साथै देशभक्ति गीतहरु गाई बिरोध प्रर्दशन समेत गरेका थिए ।उनीहरुको पर्चा, पम्प्लेटमा महामारी भन्दा भोकमरी घातक भो, विरोध गरेको हैन हाम्रो अधिकार मागेको हो, पिसिआर बढाउँ, ट्याक्स घटाउँ, १० अर्बको हिसाब देखाउ, सिस्टममा हाम्रो लिक भो एमसिसिमा सरकार हाम्रो बिक्री भो, अदुवा लसुन बेसार नो पिसिआर लेखिएको थियो । सामाजिक सञ्जालबाट आह्वान गरी धरामा आजको प्रर्दशन भएको हो ।

103970665_926167761137535_5578346834092010026_n Demo_2