धरानः बिश्व नै कोरोना भाइरसको महामारी भएको बेला धरानमा डेङगुको सामान्य संक्रमण देखिन थाले पछि नियन्त्रणका लागी धरानका सुमित तामाङले लामखुट्टे नियन्त्रणका लागी फगिङ्ग मेसिनाट औषधी छिट्न सुरु गरेका छन ।
उनले आफ्नो व्यतिmगत लगानीमा तथा पहलमा सुरु गरेका हुन । सुमित उनका साथी मिलेर आफै छिट्ने काम पनि आफै गर्दै आएका छन । उनि नेपाली कांग्रेस युवा संगठन तरुण दलका सुनसरी सदस्य हुन । अघिल्लो यहि समयदेखि सुरु भएको डेङ्गुले भयावह अवस्था भएको थियो । त्यो नहोस भनेर नियन्त्रणका लागी सुरु गरेको सुमितले बताए ।
उनले आफ्नो वडावासीहरुलाई संक्रमण नहोस भनेर अभियान सुरु गरेरको वताए । उनले पहिलो चरणमा वडा नंं ७ पानवारी स्टेण्डदेखी आसपासका क्षेत्रमा लामखुट्टेको विषादी हानेका छन । उनि पनि सोही वडावासी भएकोले उनले नगरको अपेक्षा नगरी आफै सुरु गरेका हुन ।