धरानः उपेक्षित उत्थान सरोकार केन्द्र धरानले लैङ्गिक समानता, सामाजिक समाबेशीकरण र छुवाछुत सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । धरान उपमहानगरपालीका वडा नं. ८ को आर्थिक सहयोगमा बिहिवार धरान स्थित परिवार सेवा समाजको हलमा कार्यक्रम सम्पन्न गरेको हो ।
उपेक्षित उत्थान सरोकार केन्द्र धरानकी अध्यक्ष रेणुका बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति वडा नंं. ८ कार्यवाहक अध्यक्ष राम कुमार थापा मगर रहेका थिए भने विशेष अथिति नेकपाका धरान इन्चार्ज थोत्लुङ लिम्बु रहेका थिए । कार्यक्रममा वडा नं. ८ का ४५ जना युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लैङ्गिक समानता सम्बन्धि महिला संजाल धरानकी बरिष्ठ उपाध्यक्ष चेतना श्रेयङ्गले सहजीकरण गरेकी थिइन, त्यसैगरि जातीय छुवाछुत तथा काुननी उपचारका विषयमा मिजार सेवा समाज धरानका अध्यक्ष तथा सहजकर्ता विजय आछामीले सहजिकरण गरेका थिए भने सामाजिक समावेशीकरण विषयमा संचारकर्मी, दलित विकास समिति धरानका सदस्य सचिव तथा प्रमुख प्रशिक्षक तारा लामगादेले सहजीकरण गरेका थिए ।
। कार्यक्रममा दुई जनालाई सम्मान गरिएको थियो । लामो समयसम्म नृत्य तथा गायन क्षेत्रमा लागी अन्र्तराष्ट्र«मा समेत नेपाल र नेपालीलाई चिनाउने तथा नेपाल सांस्कृतिक संघ सुनसरीका उपाध्यक्ष अनिल गजमेर र लामो समयदेखी चलचित्र तथा संचारका क्षेत्रमा काम गरि समाजलाई योगदान पु¥यााउने प्रवोध साप्तहिकका उप सम्पादक नविन रम्तेललाई सम्मान–पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा उपेक्षित उत्थान सरोकार केन्द्र धरानका सल्लाहरकार तथा कृषि विकास बैंकका पुर्व अधिकृत खड्ग बहादुर विश्वकर्माले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यता माथी प्रकाश पारेका थिए । सो क्रममा उनले भने दलितहरुलाई दुध लगायत पौष्टिक आहारा खानाबाट समेत वञ्चित गराई पछि पारिएको वताएका छन साथै महिलालाई पढ्न हुदैन पढेभने बोक्सी हुन्छन भनेर पछि पारिएको हो । अव यि पछि पारिएका वर्ग समुदायलाई राज्यले विशेष कार्यक्रम ल्याई प्रभावारी तरिकाले कार्यन्वयन गर्नुपर्ने पनि वताएका छन ।

20200611_152011

 

कार्यक्रममा परिवार सेवा समाजका केन्द्रिय सदस्य लक्ष्मण दास, धरान उपमहानगपालीका वडा नं. ८ की सदस्य सावित्रा परियार, दलित विकास समिति धरान वडा नं. ८ का उपाध्यक्ष शिवराम विश्वकर्मा, निसहाय सहयोग परिषदका अध्यक्ष रविलाल रोक्का, बिश्वकर्मा कल्याण सेवा समिति वडा नंं. ८ का सल्लाहकार गोपाल शंकर , विभिन्न टोल विकास समितिका प्रतिनिध साथै विभिन्न आमा समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अथिति तथा वडा नं. ८ का कार्यवाहक अध्यक्ष राम कुमार थापा मगरले कार्यक्रमलाई सम्बोधन गर्दैे पछि पारिएका वर्ग समुदायको विकासका लागी आगामी वर्षहरुमा वजेटको व्यवस्था गरि यि वर्ग समुदायको उत्थान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
केन्द्रकी अध्यक्ष रेणुका विश्वकर्माले समाज २१ औँ ंशताब्दीमा पनि अन्धकारमा रहेको चेतनाको विकासक लागी यो कार्यक्रम आयोजना गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने वताएकी छन भने कार्यक्रमका सहभागी मञ्जु रत्ने र गोपाल बहादुर शैकरले अभिमुखिकरण प्रभावकारी भएको आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने वताएको कार्यक्रमका संयोजक खिलानाथ विश्वर्माले जानारी दिएका छन ।

20200611_171156 20200611_114956