सङ्खुवासभाः सङ्खुवासभाको खाँदवारी नगरपालिका वडा नम्वर ९ सतिघाट स्थित अरुण नदिमा हाम फालेर अन्दाजी २४ बर्षिय पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउसो १२.३० बजे हाम फालेर बेपत्ता हुनेमा सोलुखुम्बुको सोलु सोताङ गाउपालिका ४ सेते तामाङ रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका पुरुष सोहि क्षेत्रमा भारी बोकेर जिवनयापन गर्ने भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले वताएको छ । उनले फेरीबाट हाम फालेका हुन् ।
संखुवासभा प्रहरी प्रमुख नवराज मल्लको नेतृत्वको टोलीले बेपत्ता पुरुषको खोजी र घटनाको अनुसन्धानका लागि खटिएको छ ।