इटहरी :सुनसरीको इटहरीमा युवाहरुको एक समूहले सरकार विरुद्ध प्रदर्शन गरेको छ ।
कोरोना संक्रमणको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्नुपर्ने माग गर्दै युवाहरुले मौन प्रदशन प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले हातमा पञ्जा, माक्स, सेनिचाइजर लगाएर करिब २ घण्टा मौन प्रदेर्शन गरेका छन् ।

ढुङगे बगर माया ढुङ्गे बगर देश बेचेर देश भक्तिको कुरा नगर, पैसा छैन गोजीमा राम्रो सरकारको खोजीमा, म पब्जीमा ब्यस्त के भाको सरकार त भ्रष्ट भएछ, १० अर्बको हिसाब चाहियो मैले भने भर्खरै, प्रधानमन्त्री ज्यु हिसाब र पिसाब सफा हुनु पर्छ पिसाब बिग्रिए किड्नी खराब हुन्छ हिसाब बिग्रिए देश बिग्रिन्छ, १० अर्ब खै लगायतका नारा लेखेका प्लेकार्ड बोकेर युवाहरुले इटहरी चोक देखि पुर्व नगरपालिका गेट सम्म कतै नहिडि नबोली मौन आन्दोलन गरेका थिए ।


उनीहरुले आफु कुनै पार्टिको, कुनै शक्तिको आडमा प्रदर्शन नगरेको बताउँदै सरकारले नेपाली जनतामाथि माथि गरेको अत्याचार सहन नसकेर सडकमा बाध्य भएर आएको बताए ।

IMG_20200612_164022 IMG_20200612_164113 IMG_20200612_163526 IMG_20200612_164908 IMG_20200612_163418 IMG_20200612_163655 IMG_20200612_165547