इटहरीः इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले निमार्ण कार्यंमा बिरोध गर्ने जो कोहीलाई अधिकार प्रयोग गरी कानुनी दायरामा ल्याई कार्बाही गर्ने चेतावनी दिएका छन् । कार्यपालिकाको निर्णय बमोजिम निमार्ण गरिएको नगरपालिकाको गौरवको आयोजना संञ्चालन भईरहेका बेला एक पार्टीको आडमा विकास रोक्न चाहेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
करिब एक हप्ता अघि पालिकाको लगानीमा वडा नम्बर १ र १७ को सिमानामा पर्ने लविपुरदेखि तरहरा सम्मको सडक निमार्ण कार्य चौडा ४० फुटको कायम गर्ने भन्दै काम भईरहेको थियो । तर त्यस लगत्तै भोलिपल्ट सोही ठाउँका स्थानीय केही ब्यक्ति सहित नेपाली काङग्रेका इटहरी नगर सभापति हेमकर्ण पौडेल लगायतले सो सडक नियम बिपरित भएको भन्दै डोजर लगाई पुरेका थिए ।
मेयर चौधरीले ब्यङ्य रुपमा नेपाली काङ्ग्रेस सभापति पौडेललाई टेलिफोन गरी ‘ल सभापति ज्यु बधाई छ । पालिकाले निमार्ण गरेको सडकमा नेपाली काङ्ग्रेसले पुरेछ भन्दै फोन काटेका थिए ।’ मेयर चौधरीले यो कार्यले नगरपालिका कुनै रुपमा पनि बिचलित नभएको र अझ हौसला मिलेको भन्दै निर्माण कार्यलाई गति दिने बताए ।
प्रदेश पोर्टल सगंको कुराकानीमा उनले भने ‘त्यो सडक तत्कालीन हासँपोसा गाविसले ४० फुट चौडाईको हुने भनि निणर्य भएको छ, सोही बमोजिम नगरपालिकाले सडक स्तरउन्नति गरेको छ, यसलाई मैंले निरन्तरता दिएको छु ।’ यो सडकलाई जसरी पनि निमार्ण गर्ने उनले बताए । यदि कोही बिरोधमा उत्रिन्छ भने सुरक्षाकर्मी लगाएर भएपनि आफूले बोलेको बचन पुरा गरि छाड्ने मेयर चौधरीको भनाई छ ।
यो भिडियो हेर्नुहोस् :