संखुवासभाः खाँदबारी नगरपालिका–१० को बाघखोरमा हरियो रुखमा राखेको तार विधुत प्राधिकरणले हटाएको छ ।
प्रदेश पोर्टलमा समाचार प्रकाशित भएको २४ घण्टा नबित्दै सोमबार बिहान सो तार हटाइएको हो । बिहानै प्राधिकरण खाँदबारी वितरण केन्द्रको प्राविधिक टोली गएर हरियो सालको रुखमा राखेको तार हटाएको विधुत प्राधिकरण खाँदबारी वितरण केन्द्रका कार्यालय प्रमुख राम आशिष शाह जानकारी दिए ।

bijuli 4
हिजो समाचार आएको खाँदबारी नगरपालिका को १० न वडा को तार तानेको काम १.५ वर्ष अगाडिकै भएको र सो बारेमा आफुलाई पहिला नै जानकारी नभएको उनले बताए । प्रदेश पोर्टलमा विद्युत् प्राधिकरणको लापरबाहीः बिजुली बत्तीको तार हरियो रुखमा भन्ने शिर्षकमा समाचारबाट अचानक थाहा पाएको उनले बताए । समाचारबाट जानकारी पाएपछि सोमबार १ जना प्राविधिक सहित २ जना भएर नयाँ पोल राखिएको उनले बताए ।
उनले अन्य कुनै स्थानमा त्यस्तो भएको भए कार्यालयमा सिधै अनुरोध गर्न सबैमा अनुरोध समेत गरेका छन् । त्यसका लागि खाँदबारी वितरण केन्द्र को फोन नं. ०२९–५६०१७८, ०२९–५६००७८ मा फोन गरेर जानकारी गराइ प्राधिकरणलाई सहयोग गर्न उनले अपिल पनि गरेका छन् । रुखमा राखिएको तार केही पर विद्युतीय पोल गाडेर सारिएको छ ।

एक वर्षदेखि सालको रुखमा राखिएको तारका कारण स्थानीय त्रसित भई रहेका थिए । विधुत प्राधिकरण खाँदबारी वितरण केन्दमा पटकपटक तार हटाइदिन अनुरोध गर्दा पनि बेवास्ता गरेको तर यसपटक उनीहरू नै खबर गरेर आएर बनाएको खाँदबारी नगरपालिका–१० का वडाध्यक्ष केशवराजसिंह थापाले जानकारी दिए ।

bijuli 1