संखुवासभाः संखुवासभाको खाँदवारी नगरपालिका ८ बस्ने दिपक राईको ८ बर्षीया छोरी कोरीना राईको सभाखोलाले बगाएर मृत्यु भएको छ । आज दिउँसो सवा १२ बजेको समयमा दुबै बुबा छोरी दोभानटार तर्फ जाँदै गर्दा बाटोमा पर्ने सभाखोला तर्ने क्रममा अचानक दुबै जना खोलामा लडेर दुवै जनालाई बगाउँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । बुबा दिपक राई भने पौडिएर निस्कन सफल भएको तथा बालिकालाई बगाएको स्थान भन्दा करिव साँढे १ किलोमिटर तल मृत अवस्थमा फेला पारिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।