बेलबारीः ब्रेन टयुमर रोगबाट ग्रसित भई काठमाण्डौंमा उपचार गराईरहेका मोरङ केराबारीका शिक्षासेवी खगेन्द्र सूवेदीको सोमबार निधन भएको छ ।
मोरङको केराबारी ९ देवीझोडामा स्थाई बसोबास गर्दै आएका सुवेदीको उपचारको क्रममा काठमाडौंमा निधन भएको नेकपा केराबारीका अध्यक्ष राम कार्कीले जानकारी दिए ।
शिक्षासेवी,समाजसेवी तथा राजनीतिक अगुवा सुवेदीको उपचारका क्रममा अन्नपुर्ण हस्पिटलमा पहिलो अप्रेसन सफल भएको र पुन समस्या आएपछि दोश्रो शल्यक्रियाको क्रममा निधन भएको बताइएको छ । उनको शवलाई आवश्यक व्यवस्थापन गरी काठमाडौंबाट हिडाई सकिएको र आज साझ सम्म श्रद्धाञ्जली सभा गरिने तयारी भइरहेको कार्कीले बताए ।
सुवेदी सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक, गोमा स्मृति प्रतिष्ठन मोरङका अध्यक्ष, श्रीबुद्ध माबिका पुर्ब प्रधानध्यापक,जिल्ला बचत तथा ऋ्ण सहकारी संघ मोरङका लेखा सुपरिवेक्षण समितिका सदस्य,स्थानीय हिमालय बचत तथा ऋण सहकारी सस्था लि.को अध्यक्ष, पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्थाका लेखा संयोजक, तथा नेपाल शिक्षक महासंघ प्रदेश न १ का सदस्य लगायत दर्जनौ संघसंस्थामा आबद्ध रहेका थिए ।
उनको निधनले सिंगो केराबारी र आसपासका क्षेत्रमा सन्नाटा छाएको छ । उनको मृत्युले नेकपा केराबारीलाई मात्र नभएर उत्तरी मोरंगलाई नै अपुरणिय क्षति पुगेको भन्दै विभिन्न व्यतिmहरुले सामाजिक संञ्जालमा समेत दुख व्यक्त गरी श्रद्धाञ्जली व्यक्त गरेको छ ।