इटहरीः इटहरी इन्टरनेसनल कलेजमा बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिबिए र बिआइटी कोर्ष पढिरहेका १० जना थाइल्याण्डको १ साताको भ्रमण सकेर फर्किएका छन् । युनिभर्सिटी अफ थाइ च्याम्बर अफ कमर्सको सहकार्यमा उनीहरू थाइल्याण्ड गएका थिए ।

itry international (2)

उनीहरूले थाइल्याण्ड भ्रमणको क्रममा प्राप्त गरेको अनुभव कलेजका विद्यर्थी माझ सुुनाएका हुन् । शैक्षिक भ्रमणबाट धेरै अनुभव प्राप्त गर्न सकेको कलेजका विद्यार्थीले बताए । इनोभेट नेपाल गु्रपको व्यस्थापनमा सञ्चालित ५ वटा कलेजबाट १ सय जना विद्यार्थी सो शैक्षिक भ्रमणमा गएका थिए ।

इनोभेट नेपाल ग्रुपको व्यवस्थापनमा सञ्चालित इटहरी इन्टरनेसनल कलेजमा बेलायतको बिबिए र बिआइटी विषय सुलभ शुल्कमा पढाइ हुने गरेको छ ।

itry international (3)