इटहरीः इटहरी उपमहानगरपालिकाले घर जग्गा बिहिन मुसहर समुदायका ५० परिवारका लागि आउँदो आर्थिक बर्षभित्रमा पक्की घर निर्माण गर्ने कार्यक्रम अनुसार इटहरी १६ मा पक्की घर निर्माण कार्य थालेको छ ।
यो चालु आर्थिक बर्षमा ९ वटा र बाँकी ४१ वटा घर आँउदो आर्थिक बर्षभित्र निर्माण गरि ५० परिवारलाई हस्तान्तरण गर्ने योजना अनुसार घर निर्माणको काम धमाधम भईरहेको इटहरी उपमहानगरपालिका योजना शाखाका इन्जिनियर जीवन घिमिरेले बताए । उनी सहितको प्राविधकहरुको टोलीले आज घर निर्माणस्थलको स्थलगत निरिक्षण गरेका छन् ।

100836530_2902489049801029_341333884375400448_o
इन्जिनियर घिमिरेका अनुुसार तराई मधेश सम्बृद्वी कार्यक्रममा इटहरी उपमहानगरपालिकाले सहकार्य गरि मुसहर बस्ती सामूहिक आवास कार्यक्रम अन्तरगत ५० मुसहर परिवारलाई पक्की घर निर्माणको कार्य थालिएको हो । चालु आर्थिक बर्षका लागि तराई मधेश सम्बृद्वीको ७० लाख उप महानगरको ७ लाख खर्च गरिने छ । यसमा ९ वटा घर, सानो बाल पार्क, दिनाभद्री थान (उनिहरुको मन्दिर) र बाटो बन्ने इन्जिनियर घिमिरेले बताए । जसमा २ वटा कोठा १ भान्सा सहितको घर , ट्वाईलेट, ट्युबवेल ९ घरमै निर्माण गरिने घिमिरे जनाकारी दिए । ९ वटा घर ०७७ असार भित्रमा निर्माण सम्पन्न गरिसकिने इन्जिनियर घिमिरेले बताए ।