विराटनगरः मोरङमा बर्षासंगै परेको चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ ।
सुनवर्षी नगरपालिका वडा नम्बर ६ तालगाछी बस्ने ३० बर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
आज दिउँसो आफ्नै मकै बारीबाट मकै लिई घरतर्फ आउदै गर्दा वर्षासंगै आएको चट्याङले लाग्दा दास गम्भीर घाईते भएकी थिइन । उनलाइ उपचारार्थ अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।