धरानः रुकुम पश्चिममा जातिय विभेदका कारण नवराज विक सहित ६ जनाको बर्बरतापुर्ण हत्याको पिडितलाई न्याय दिलाउन र दोषीलाई कार्वाही गराउने आन्दोलनमा धरानका राजनितिक दलहरुले जस्तोसुकै मुल्य चुकाउनु परे पनि सहयोग गर्ने ऐक्यबद्धता जनाएका छन ।
राष्ट्रिय दलित पत्राकार संघ सुनसरी शाखाले इलाका प्रशासन कार्यालय धरानमा श्रदान्जली सहित शान्तिपुर्ण धर्ना कार्यक्रममा धरानका राजनितिक दलका प्रतिनिधिहरुले सो कुरा वताएका हुन ।
 संघ केन्द्रीय कार्यसमितिको बिहिवारको निर्णय अनुसार देशभरका ७७ वटै जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालय अगाडी आधा घण्टा धर्नासहित मैनवत्ती बालेर बारम्बार जातीय विभेदका घट्ना घटे पनि राज्यले नदेखेकाले मैनवत्ती बालेर सिम्बोलिक रुपमा राज्यको ध्यानाकर्षण गर्न र रुकुम घट्नाका हत्यारलाई कार्वाहीका लागी दवाव दिन राष्ट्रिय कार्यक्रम अन्तरगत धरानको इलाका प्रशासन अगाडी पनि कार्यक्रम गरिएको राष्ट्रिय दलित पत्रकार संघ सुनसरीका अध्यक्ष दिनेश गजमेर वताएका छन ।

20200529_120242

 

कमर्यक्रमको सम्बोधन गर्दै नेकपा धरान इन्चार्ज चोत्लुङले १० वर्षे जनयुद्ध यस्तै विभेदका लागी लडेर कानुनमा व्यवस्था गरे पनि यस्ता घट्ना बारम्बार घटिरहनुमा दुःख व्यक्त गर्दै रुकुम घट्नामा संलग्नलाई कार्वाही नहुन्जेल नेकपा धरानले विभेद विरुद्धको आन्दोलनमा साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन । त्यस्तै नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले नवराज वि क सहित ६ जनाको विभत्स हत्यामा संलग्नलाई हदैसम्मको कार्वाही नभए न्याय दिलाउने आन्दोलनमा अग्रणी मोर्चामा नेपाली कांग्रेस धरान रहने वताएका छन । फोनिजका प्रदेश सल्लाहकार जनकऋषि राईले रुकुम घट्ना प्रति दुःख दाषीमाथी कडा कार्वाहीको माग गरेका छन । बिश्वकर्मा कल्याण सेवा समिति धरानका अध्यक्ष  लाल बहादु सुन्च्यौरीले सबै मिलेर दाषीलाई कार्वाही नहुन्जेल आनेलन गर्ने वताएका छन ।

शान्तिपुर्ण विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन, बराह ग्रुपका सिईओ गंगा कालिकोटे , दलित बिकास समितिका सदस्य सचिव तारा लाम्गादे , ख्रिस्टिय समाज नेपाल का केन्द्रिय सचिव कुवेर गुरुङ्ग ,रास्ट्रिय मन्च नेपाल का सचिव देउमान लिम्बु , नेपाल फोटो पत्रकार संघ सुनसरी अध्यक्ष बिकास चाम्लिङ ,परियार सेवा समाज का सुनसरी अध्यक्ष खगेन्द्र नेपाली , विश्वकर्मा युवा समाज धरानका अध्यक्ष  युवराज शंकर, उपेक्षित उत्थान सरोकार केन्द्र धरानका कोष अध्यक्ष शिवरामा विश्वकर्मा लगायत नागरिक समाज, अधिकारकर्मी, पत्रकार, पत्रकार महासंघका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

20200529_115551