ताप्लेजुङः ताप्लेजुङमा विहिवार दिउँसो मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । निमार्णा्धिन मध्यतमोर जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आउँदै गरेको ना ६ ख ८२६२नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा चालक बाह्रदशी ६डाँगीबारी झापाका २९ वर्षिय ज्ञानबहादुर तामाङको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णू बहादुर खड्काले जानकारी दिए ।

जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आएको ट्रक फुङलिङ नगरपालिका वडा नं ९ कटहरे भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटना मा परि गम्भिर घा’ईते चालक तामाङ लाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यू भएको बताईएको छ । सह चालक भने सकुशल रहेका छन् । ट्रक ग्रामिण सडकबाट करिव ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण ब्रेकफेल हुनसक्ने ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दिपक दुलालले जानकारी दिए ।