इटहरीः झड्केली १६ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा इटहरी ७ बाट अवकाश प्राप्त शिक्षक पक्राउ परेका छन् ।
उदयपुरको रामपुरमा समेत घर भएका इटहरी ७ निवासी अवकाश प्राप्त शिक्षक रामबहादुर खड्कालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
उनकी १६ बर्षीया झड्केली छोरीले गए राती ओरेक नामक संस्थाको हटलाइनमा फोन गरि आफु आफ्नै बुबाबाट पटक पटक बलात्कारको शिकार भएको भन्दै आफुलाई बचाई दिन र दोषीलाई कानुनी कार्वाह ीगर्न आग्रह गरि फोन गरेकी थिइन् ।
ओरेक विराटनगरले सुनसरी शाखालाई तत्काल फोन गरि घटनाका बिषयमा इलाका प्रहरी कार्यालय इटहरीलाई जानकारी गराई पीडित छोरीको तर्फबाट निवेदन दिन निर्देशन दिएको थियो ।
खड्का भने हिजो उदयपुरको रामपुर गएका थिए । आज बिहानै रामपुरबाट फर्किएका उनलाई छिमेकीहरुले सूचना दिएको आधारमा इटहरी ७ स्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
ओरेक विराटनगरका प्रमुख दीपक सेन्चुरीका अनुसार अवकाश प्राप्त शिक्षक खड्का विरुद्ध बलात्कार र हाडनाता करणी गरि दुई वटा मुद्धा चलाउन माग गरि निवेदन दर्ता गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरी मुद्धा फाँटका प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले हाडनाता करणीमा मुद्धा चलाउन नमिल्ने भन्दै केही बेर अड्डी कसेका थिए । तर ओरेकले संगै लिएर आएका वकिलले कानूनी नजिका बिषयमा केही बेर छलफल गरेपछि हाडनाता करणीमा पनि मुद्धा चल्ने गरि निवेदन दिइएको छ ।
पटक पटक बलात्कारको शिकार भएकी झड्केली छोरीको स्वास्थ्य परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । जेठी श्रीमतिको निधनपछि खड्काले कान्छी श्रीमति ल्याएका थिए । कान्छी श्रीमतिले छोरी सानै भएकाले उनिपनि संगै खड्काको घर ल्याएकी थिइन् ।