बेलबारीः नगरपालिकाले घोषणा गरेको जनता आवाश कार्यक्रम अन्तरर्गत सुक्रबार बेलबारी नगरपालिका बडा नं ३ मा रहेको सिम्पाने चोकमा घर शिल्यान्यास गरिएको छ । साहारा नेपाल र बेलबारी नगरपालिकाको समन्वयमा जनता आवाश कार्यक्रम मार्फत घर निर्माणको कार्य थालिएको हो
गरीब तथा बिपन्न वर्गहरुलाई लक्षित गरि जनता आवाश कार्यक्रम मार्फत निर्माण गरिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उनले जनता आवाश कार्यक्रम मात्र नभएर अरु थुरै योजनाहरु गरीब तथा बिपन्न बर्गहरुलाई लक्षित गरि ल्याएको पनि बताएका छन् । नेपाल कृषि प्रदान देश रहेकाले र्क्षि क्षेत्रलाई बढी प्राथमिकता दिने बताए ।
बेलबारी नगरपालिका र साहारा नेपालको समन्यवमा ४० वटा घरमा निर्माण हुन लागेको हो । सिम्पाने टोलमा २६ वटा र मिरमिरे टोलमा १४ वटा घर निर्माण हुने बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् ।
सो कार्यक्रममा नगरपालिका मेयर, उपमेयरसंगै ३ नं बडाअध्यक्ष योगेन्द्र सुबेदी, प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह, वडा सदस्य चन्द्र बहादुर राई, समाजसेवी डिपि राई, तिलक राई, राजन प्रसाई, मनकुमार गुरुङ, सिम्पाने टोल बिकासका अध्यक्ष दिप बहादुर गुरुङ, सचिव धन बहादुर थापा लगाएको उपस्थिति रहेको थियो ।