विराटनगरः विराटनगरको ग्राजुएट कोचले अस्ट्रेलिया जान चाहने विद्यार्थीको लागि अस्ट्रेलियाको टोरेन्स विश्वविद्यालयका प्रतिनिधिको उपस्थितिमा सेमिनार सम्पन्न गरेको छ ।

सेमिनारमा विश्वविद्यालयका प्रतिनिधि रोमेज मौकाचरले विभिन्न कोर्ष र अस्ट्रेलियाको शैक्षिक गतिविधि र नियमको बारेमा जानकारी गराएका थिए । ३ वटा सेमिनारमा १ सय ५० भन्दा बढी विद्यार्थी सहभागी भएको संस्थाका निर्देशक विश्वेस रिजालले बताए ।

ग्राजुएट कोचले अस्ट्रेलिया लगायतका अन्य देशमा जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको उनले बताए ।