संखुवासभाः मकालुका हेली व्यवसायी मिङ्मा शेर्पाले खाँदबारी नगरपालिकालाई ३ हजार केजी चामल सहयोग गरेका छन् । नेपाल शेर्पा संघ संखुवासभा मार्फत नगरपालिकालाई १ सय २० बोरा चामल उनले सहयोग गरेका हुन् ।

नेपाल शेर्पा संघ, संखुवासभाका कार्यावाहक अध्यक्ष वाङ्छे शेर्पाको अनुरोधमा सेभेन समिट ट्रेक एण्ड ट्राभल्सका अध्यक्ष रहेका मिङमा शेर्पाले राहत सामाग्री सहयोग गरेका हुन् ।

कोभिड १९ माहामारीका कारण भएको लकडाउनबाट समस्या परेका अति विपन्न परिवारलाई नगरपालिका मार्फत राहत उपलब्ध गराएको हो ।

राहत सामाग्री बुझ्दै खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले नेपाल शेर्पा संघ संखुवासभा र मिङ्मा शेर्पालाई धन्यावाद ज्ञापन गरेका छन् ।

मेयर खतिवडाले नगरपालिकाले नगरपालिका मार्फत राहत कोष स्थापना गरि सहयोगका लागि अनुरोध गरिरहेको बताए । उनले राहत आर्थिक भए बैंक खातामा र जिन्सी भए नगरपालिकामा सहयोग गर्न अनुरोध गरिएको बताए ।